Comments Add Comment

पोखरामा क्लब लिग भलिबल प्रतियोगिता हुने

२८ मंसिर, पोखरा । पोखरामा राष्ट्रिय स्तरको क्लब लिग भलिवल प्रतियोगिता हुने भएको छ । पोखरा रंगशालामा यही पुस १ गतेदेखि चौथो राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल नेपाल भलिबल संघले जनाएको छ ।

प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी बल (एपीएफ), नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सहित ८ टिमको सहभागीता रहने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतियोगितामा हेल्प नेपाल स्पोर्टस क्लब काठमाडौं, मणिमुकुन्द भलिबल क्लब रुपन्देही, जवलाखेल भलिबल ट्रेनिङ सेन्टर, ढोरपाटन स्पोर्ट्स क्लब काठमाडौं र नयाँ बजार स्पोर्टस क्लब काठमाडौं सहभागी हुने छन् ।

प्रतियोगितामा प्रत्येक टिमले ७ खेल खेल्ने र सबैभन्दा बढी अंक प्राप्त गर्ने २ टीमले फाइनल खेल्ने छन् ।

प्रतियोगिताका लागि दुई क्लबले विदेशी खेलाडी भित्राएको जनाएका छन् । प्रत्येक टीमले ३/३ जना विदेशी खेलाडी भित्राउन पाउने प्रावधान अनुसार हेल्प नेपाल स्पोर्टस क्लब काठमाडौं र नयाँबजार स्पोर्टस क्लब काठमाडौंले ३–३ जना भारतीय खेलाडी भित्र्याएको नेपाल भलिबल संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष यमबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार अनुबन्धित खेलाडी भारतका राष्ट्रिय स्तरका खेलाडी हुन् । प्रतियोगितामा आयोजकको टिम भने समावेश नरहेको जनाइएको छ ।

प्रतियोगिताको उपाधि बिजेताले २ लाख, उप बिजेताले एक लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक राजकुमार गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा तृतीय हुने क्लवले ५० हजार र चौथो हुने क्लबले २५ हजार प्राप्त गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment