Comments Add Comment

भारतको अहमदावादमा आयुर्वेदको महाकुम्भ सम्मेलन सुरु

२८ मंसिर, काठमाडौ । भारतको अहमदावादमा शुक्रबार देखि आयुर्वेदको महाकुम्भ सम्मेलन तथा मेला (वर्ल्ड  आयुर्वेद कंग्रेस) को आठौं संस्करण सुरु भएको छ ।

आयुष मन्त्रालय तथा विश्व आयुर्वेद फाउन्डेसनको आयोजनामा भइरहेको उक्त कंग्रेेसको उद्घाटन सत्रमा बोल्दै गुजरातका मुख्यमन्त्री विजय रुपानीले आइ.टी क्रान्ति जस्तै आयुर्वेद क्रान्ति सम्भव भएकालेे यसको सबै पक्षको व्यापकता र प्रचारमा लाग्नुपर्ने बताए ।

त्यस्तै, आयुष मन्त्री श्रीपाद नायकले आयुर्वेदको डिजिटलाइजेसन सुरु भएको बताउँदै आयुष गुरु अनलाइन पोर्टलको सुरुअात गर्दै क्षार सुत्र बनाउने मेसिनसमेत उद्घाटन गरे ।

विश्वका करिब ६० भन्दा बढी देशका प्रतिनिधि सहभागी उक्त कार्यक्रममा नेपालबाट करिब २० जना विद्यार्थी तथा चिकित्सक समावेश भएको जानकारी उक्त कङ्रेसका नेपाल संयोजक डा. सुमन खनालले बताए ।

चार दिनसम्म चल्ने कार्यक्रममा ३०० भन्दा बढी आयुर्वेद कम्पनीका उत्पादनका स्टलसमेत प्रदर्शनी तथा निशुल्क स्वास्थ जाँच सुविधासमेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment