Comments Add Comment

अनलाइनखबरकर्मी शर्मा पुरस्कृत

२८ मंसिर, बुटवल । अनलाइनखबर डटकमका बुटवलस्थित क्षेत्रीय संवाददाता टोपराज शर्मा प्रदेशस्तरीय फिचर लेखन प्रतियोगितामा उत्कृष्ट हुँदै पुरस्कृत भएका छन् ।

बुटवल टुडे राष्ट्रिय दैनिकले आफ्नो सातौं वार्षिकोत्सवमा आयोजना गरेको ‘श्रमबाट सफलता’ विषयक प्रदेश ५ स्तरीय फिचर लेखन प्रतियोगितामा शर्मा उत्कृष्ट भई नगद १० हजार रुपैयाँसहित पुरस्कृत भएका हुन् ।

शर्माले भारतमा दुईदशक मजदुरी गरेर फर्किएका रुपन्देहीका उद्योगी तिलप्रसाद भट्टराईको जीवन कथामा आधारित रहेर फिचर लेखेका थिए । मासिक ४० रुपैया तलबबाट मजदुरी शुरु गरेका भट्टराईका अहिले करोडौं लगानीका दुई उद्योग छन् ।

उनले करिब २ सय जनालाई रोजगारी दिएका छन् । शुक्रबार कोटिहवास्थित टाइगर प्यालेस रिसोर्टमा आयोजित कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र बुटवल टुडे दैनिक पत्रिकाका अध्यक्ष हरि पौडेलले शर्मालाई नगद राशी र प्रशंसापत्र प्रदान गरेका हुन् ।

पत्रकार शर्मा डेढ दशकदेखि बुटवलमा रहेर निरन्तर पत्रकारितामा क्रियाशील छन् । उनी स्थानीय गौतमबुद्ध सन्देश दैनिकका सम्पादकसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment