Comments Add Comment

महिन्दा राजापाक्षेले प्रधानमन्त्रीबाट राजीनामा दिने

२८ मंसिर, काठमाडौं । श्रीकंन राष्ट्रपति मैत्रीपाल सिरिसेनाले नियुक्त गरेका महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिने भएका छन् । राजापाक्षेले शनिबार राष्ट्रको नाममा सम्बोधन गरेर पदबाट राजिनामा दिन लागेको सांसद नमल राजापाक्षेले सार्वजनिक गरेका हुन् ।

त्यहाँको सर्वोच्च अदालतले मैत्रीपाल सिरिसेनाकाको संसद भंग गर्ने निर्णयलाई असंवैधानिक ठहर गरेपछि राजापाक्षेले राजीनामा दिन लागेका हुन् । सांसद नमलले भने सामाजिक सञ्जाल टि्वटमार्फत स्थिरता सुनिश्चित गर्नका लागि राजापाक्षेले राजिनामा दिन लागेको जनाएका छन् ।

सिरिसेनाले गत कात्तिकमा निर्वाचित प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई बर्खास्त गरेर पूर्व राष्ट्रपति समेत रहेका राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

विक्रमासिंघेको युनाइटेड नेसनल पार्टी श्रीलंकाको सबैभन्दा ठूलो दल हो । सिरिसिनाको पार्टी युनाइटेड पिपुल्स पि|mडम एलाईन्सको संसदमा जम्मा ९५ सिट छ । ससदमा बहुमतका लागि आवश्यक ११३ सांसद पुर्‍याउन नसकेपछि सिरिसेनाले संसद बहिस्कार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment