Comments Add Comment

यो हो दुनियाँको सबैभन्दा सानो गाई, वजन जम्मा ४ किलो

अमेरिकाको मिसिसिपीमा विश्वको सबैभन्दा सानो गाई छ । जसको वजन जम्मा साढे चार किलो रहेको छ । अर्थात् त्यो गाई जम्माजम्मी बिरालो जत्रै छ ।

गाईको सानो आकार तथा कम वजनका कारण उसका मालिक लिल बिल पनि अचम्ममा परेका छन् । गाईको जाँच गराउनका लागि उनले मिसिसिपी स्टेट युनिभर्सिटी कलेज अफ भेटेनरीमा लगे । जब उनले गाईलाई उपचारका लागि पशु अस्पताल लगे तब डाक्टर पनि हैरान भए । गाईको चेकजाँच भयो ।


तर अस्वभाविक वजन भएको उक्त गाई पूर्णरुपमा स्वस्थ भएको पाइयो ।

मेडिकल कलेजले त्यहीँ क्रममा खिचेको सो गाईको तस्वीर सोसल मिडियामा शेयर भएसँगै त्यो भाइरल बनेको छ । यो गाईको तौल उसको उमेरका सामान्य गाईको भन्दा १० गुणा कम छ । यो गाई विश्वको सबैभन्दा सानो गाईको रुपमा गिनिज बुकमा नाम लेखाउने पक्का रहेको बताइएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment