Comments Add Comment

दुई करोड रुपैयाँमा बिक्यो १४ फुटको सिँढी

एउटा सिँढीको मूल्य कति पर्ला ? फ्रान्सको पेरिसमा हालै भएको लिलामीमा क्रममा एउटा १४ फुटे सिँढी झण्डै दुई करोड रुपैयाँभन्दा धेरै मूल्यमा बिकेको छ ।

आखिर त्यो सिँढीको विशेषता के छ ? वास्तवमा यो निकै विशेष छ । यसअर्थमा कि यो कुनैबेला विश्वप्रसिद्ध इफेल टावरको हिस्साको रुपमा रहेको थियो ।

उक्त सिँढी एकजना अरबी मानिसले खरीद गरेको बताइएको छ ।

लिलामकर्तालाई सो सिँढी त्यतिधेरै मूल्यमा बिक्ला भन्ने आशा थिएन । तर त्यसले अविश्वसनीय मूल्य प्राप्त गर्यो ।

समाचार अनुसार सो सिँढी इतिहासमा एफिल टावरको दोश्रो र तेश्रो तला जोड्ने हिस्सा थियो । उक्त सिँढीको ४.३ मिटर अर्थात् १४ फुट रहेको छ ।

स्मरण रहोस् सन् २०१६ मा यस्तै सिँढीको एउटा ठूलो हिस्सा साढे ६ करोड रुपैयाँ बराबरको मूल्यमा बिकेको थियो ।

३ सय २४ मिटर उचाईको इफेल टावरको डिजाइन फ्रेन्च इन्जिनियर गुस्ताव एफिलले गरेका हुन् । सन् १८८९ मा बनेर तयार भएको एफिल टावर ४१ वर्षसम्म विश्वको सबैभन्दा अग्लो भवनको रुपमा रहेको थियो ।

पहिले एफिल टावरमा सिँढी चढेर माथि जानु पर्दथ्यो । सन् १९८३ मा सिँढी हटाएर लिफ्ट राखियो । झिकिएको सिँढीलाई २४ वटा टुक्रा पारियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment