Comments Add Comment

सवा दुई अर्ब लगानीमा लुम्बिनीमा पाँचतारे होटल बन्दै

२९ मंसिर, बुटवल । अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा सवा दुई अर्ब रुपैयाँ बढी लगानीमा पाँच तारे होटल बन्ने भएको छ । बुद्ध जन्मस्थल लुम्बिनीनजिकै खुनगाईमा स्थानीय अम्रिक चौधरीको एकल लगानीमा सात बिगाहा क्षेत्रफलमा होटल भिल्लाजियो प्रा.लि. निर्माण सुरु भएको हो ।

स्थानीय उद्यमीको लगानीमा बन्न लागेको पाँचतारे होटल लुम्बिनीकै पहिलो हो । पहिलो चरणमा साढे तीन बिगाहा जग्गामा बनाउन लागिएको होटलमा एक अर्ब ५९ करोड १० लाख ८७ हजार रुपैयाँ लगानी हुने होटलका अध्यक्ष चौधरीले बताए । यो लगानी जमिन बाहेकको हो ।

‘हामीले पहिलो चरणमा डेढ अर्बभन्दा केही बढी लगानी गर्छौं, विस्तारै लगानी थपेर सात तारे होटेल बनाउने योजनासाथ अघि बढेका छौं’, उनले भने । दोस्रो चरणमा ८० करोड लगानीमा गार्डेनसहितको रिसोर्ट बनाइने छ । यस्तै, तेस्रो चरणमा एक अर्ब बढी लगानीम हेलिप्याडसहितको साततारे बनाइने छ । साततारे बन्दासम्म होटलमा करिब ५ अर्ब लगानी पुग्ने अनुमान गरिएको संचालक चौधरीले बताए ।

एक सय ३० वटा कोठासहित बन्ने होटलमा २ सय ५० वडा बेड रहने छन् । होटलमा २ वटा प्रेसिडेन्टियल सुइट, १० वटा एक्जिक्यिुटिभ, ९० वटा डिलक्स, २३ वटा सुइट रुम तथा तीन वटा रेष्टुरेन्ट रहने छन् । त्यहाँ एउटा ठूलो र ३ वटा साना गरी ४ वटा स्विमिंग पुल बनाइने छ । यस्तै, होटल भित्रै ४ सय वर्गमिटरको वातावरणमैत्री ध्यान केन्द्र पनि स्थापना गरिने छ । होटलमा प्रत्यक्षरुपमा करिब एक हजारले रोजगारी पाउनेछन् । स्थानीयलाई प्राथमिकता दिइ रोजगारी दिइने संचालकले बताए ।

‘पर्यटकहरुलाई स्तरीय सेवासंगै स्थानीयलाई रोजगारी दिनु हाम्रो प्राथमिकता हो’, अध्यक्ष चौधरीले भने । होटलमा लगानी नेपालको भए पनि अष्ट्रेलियाको सबैभन्दा ठूलो होटल म्यानेजमेन्ट कम्पनी अर्गाइली होटल गु्रपले व्यवस्थापन गर्ने छ । अर्गाइलीका तर्फबाट दुई जना व्यवस्थापकीय टिम यहाँ आउने छन् । अर्गाइली गु्रपका नेपाल प्रमुख राजेन्द्र श्रेष्ठले विश्वका धेरै देशमा होटल स्थापना गरी राम्रो व्यवस्थापन गरेको गु्रपले बुद्ध जन्मस्थलमा निर्माण भइरहेको होटलमा व्यवस्थापकीय जिम्मेवारी पाउनु पर्यटन क्षेत्रका लागि सुखद् भएको बताए । ‘ग्रुपले थुप्रै मुलुकमा होटलहरु संचालन गरेर पर्यटकीय क्षेत्रमा योगदान दिँदै आएका छ’, उनले भने, ‘अब लुम्बिनी क्षेत्रमा बन्ने होटलको व्यवस्थापन सम्हालेर बाहिरी मुलुकका लाखौं पर्यटक यहाँ भित्र्याउने छौं ।’

सन् २०२० बाट संचालनमा ल्याउने लक्ष्य राखिएको होटलको कालीगण्डकी निर्माण सेवाले निर्माणको जिम्मा पाएको छ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थल संचालनको तयारी भइरहँदा पछिल्लो समय यस क्षेत्रमा होटलहरु खुल्ने क्रम बढ्दो छ । भैरहवा–लुम्बिनी क्षेत्रमा पछिल्लो समय होटल व्यवसायमा करिब २० अर्ब लगानी भइसकेको छ । होटलको शिलान्यास गर्दै प्रदेश ५ का उद्योग पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरीले पांच तारे होटल निर्माणले लुम्बिनीको पर्यटन प्रवद्र्धनमा योगदान दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment