Comments Add Comment

जन्तीबसले ठक्कर दिँदा भरतपुरमा एक जनाको मृत्यु

२९ मंसिर, चितवन । विवाहको जन्ती बसले एक साइकल यात्रीलाई ठक्कर दिँदा भरतपुर महानगरपालिका–१३ मा एक जनाको मृत्यु भएको छ ।

चितवनको माडीबाट नवलपरासी जाँदै गरेको ना ४ ख ५१९३ नम्वरको बसले भक्तपुर नगरपालिका–१३ वरौजी मिलिजुलीचोकमा साइकलयात्री बालकृष्ण सापकोटालाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

सवारी चालक र जन्ती बस प्रहरीको नियन्त्रणमा रहेको चितवन प्रहरीले जनाएको छ । त्यसैगरी, रत्ननगर नगरपालिकाको सौराहा निपनी चोकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार राति १ बजे बा ८१ प ८५०० नम्वरको मोटरसाइकल बिजुलीको पोलमा ठक्कर खाँदा राप्ति नगरपालिका ८ का १८ वर्षीय अनिश तामाङको मृत्युभएको हो ।

उनको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि बस्ने अनमोल तामाङ घाइते छन् । उनको मेडिकल कलेजमा उपचार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment