Comments Add Comment

सिंहदरबार छेवैमा घाम ताप्दै कांग्रेस प्रतिनिधि ! (फोटोफिचर)

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका देशैभरिका अगुवा कार्यकर्ताहरु काठमाडौंमा भेला भएका छन् । काठमाडौंको मौसम निकै चिसो छ । महासमिति बैठकमा भाग लिन राजधानी आएका कांग्रेस कार्यकर्तालाई घाम प्यारो लाग्न थालेको छ ।

आजबाट सुरु हुने महासमिति बैठकको उदघाटनमा ढिलाइ भएपछि शनिबार बिहान कांग्रेसका प्रतिनिधिहरु घाम ताप्न ब्यस्त देखिए । बैठकको उदघाटन दिउँसो एक बजेपछि सुरू भएको छ ।

बिहान ११ बजे सिंहदरबार नजिकैको यलम्बर पार्टी प्यालेसमा महासमिति बैठक उदघाटन हुने भनिए पनि उदघाटनमा ढिलाइ भएपछि प्रतिनिधिहरुलाई घाम ताप्ने फुर्सद मिलेको हो । महासमिति बैठकमा पेश गर्ने विधान मस्यौदामा केन्द्रीय कार्यसमितिमा सहमति जुटाउन नेताहरु अल्मलिएका कारण महासमिति बैठक उदघाटन  करिब २ घण्टा  ढिलो भएको हो ।

शीर्षनेताहरु कार्यक्रमस्थल आइनपुगे पनि केही केन्द्रीय नेताहरु पनि घाम तापिरहेका प्रतिनिहिरुसँग देखिएका थिए ।

बैठकस्थलमा कार्कर्ताहरूले सेल्फी खिचिरहेका दृश्य पनि देखिएका छन् । कार्यक्रमस्थल झकिझकाउ पारिएको छ । सुरक्षाका लागि प्रहरीहरू पनि बाक्लै परिचालित भएका छन् ।

महासमितिको बैठकस्थलमा पुगेर शनिबार बिहान अनलाइनखबरकर्मी विकास श्रेष्ठले खिचेका केही तस्वीर यस्ता छन्-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment