Comments Add Comment

आधुनिक नेपालको मोर्डनाइजर गिरिजाबाबु हुन्ः डा. महत

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले ‘आधुनिक नेपालको मोर्डनाइजर’ गिरिजाप्रसाद कोइराला भएको दाबी गरेका छन् ।

कांग्रेसको महासमिति बैठकको उदघाटन समारोहलाई सम्बोधन गर्दै पूर्व सहमहान्त्री महतले कोइरालाकै पालामा आधुनिक नेपालको सुरुवात भएको बताएका छन् ।

कांग्रेस दर्शन र इतिहासको हिसावले अगुवा भएपनि अहिले कठिन अवस्था रहेको बताए । उनले भने, निर्वाचनमा पराजय भयो । प्रतिपक्षमा आउँदा पनि यति कमजोर भूकिमा काहिल्यै थिएन । हामीमा के कमजोरी भयो आत्मसमिक्षा गरौं ।’

त्यसको आधारमा हिजोको गल्ती सच्याएर पार्टीलाई एक बनाउनु पर्नेमा उनले जोड दिए । ‘हामी व्यक्तिवादी र गुटवादी प्रवृत्तिबाट माथि उठ्नुपर्‍यो’ उनले भने ।

शुवर्णशमशेर र गणेशमान सिंहले राजाले दिएको प्रधानमन्त्री पद अस्वीकार गरेको स्मरण गर्दै डा. महतले भने, ‘हाम्र नेताहरुको त्याग छ । विभिन्न समयमा नेताहरुले पार्टी सभापति त्याग गरेका छन् । त्यो स्पीरिट आउन जरुरी छ ।’

कम्युनिस्टहरुले अर्थ व्यवस्थालाई उथलपुथल पारेको भन्दै उनले कांग्रेस एकढिक्का हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment