Comments Add Comment

महासमिति सदस्यहरुलाई सिटौलाको आग्रहः मनमा लागेको खुलेर बोल्नुस्

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महासमिति सदस्यहरुलाई आफ्नो मनमा लागेका कुराहरु खुलेर राख्न आग्रह गरेका छन् ।

शनिबारबाट सुरु भएको महासमिति बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वमहामन्त्री सिटौलाले केन्द्रले प्रस्तुत गरेका एजेण्डामा आफ्ना मत राख्न आग्रह गरेका हुन् । चुनावपछि विभिन्न जिल्लामा जाँदा नेता कार्यकर्ताले धेरै गुनासो पाएको भन्दै उनले भने, ‘महासमिति सदस्यहरुलाई म आग्रह गर्छु, मलाई जे भन्नु भएको थियो, मनमा लागेको खुलेर बोल्नुस् ।’

नेता कार्यकर्ताले मनमा लागेको कुरा भने नेतृत्वले आफूलाई सच्याउने मौका पाउने उनले बताए ।

एक वर्ष खेल गयो

सिटौलाले चुनावपछि कांग्रेसले एक वर्ष खेर फालेको बताए । कांग्रेस अलमल्लिएको भन्दै उनले भने, ‘अब हरेक दिन खेल जानु हुँदैन । देशब्यापी अभियान लिएर जानुपर्छ । जब जनमत निर्माण हुन्छ, हरेक शक्ति जनताका अगाडि झक्नुपर्छ ।’

उनले विधानबारे आफ्नो मत राखे । कांग्रेसमा विवादको एउटा कारण क्रियाशील सदस्य भएको भन्दै उनले यसलाई वडा तहबाटै टुंगो लगाउन आग्रह गरे ।

साथै अहिलेसम्म पार्टीको संघीय संरचना बन्न नसकेको भन्दै नेतृत्वलाई दुई विकल्प दिए ।

पहिलो विकल्प, ६ महिनाभित्र अर्ली महाधिवेशन गर्ने । यदि यसका लागि तयार नहुने हो र २/३ वर्षपछि मात्र महाधिवेशन गर्ने हो भने अन्तरिम संरचना बनाउन प्रस्ताव गरे ।

३ महिनाभित्र संघीय संरचना बनाउन प्रस्ताव गर्दै उनले भने, ‘२ वर्ष चुप लागेर बस्यौं भने आगामी चुनावमा कम्युनिष्ट पार्टीसँग मुकाबिला गर्न कठिन हुनेछ ।’

सरकारले जनतालाई दण्डित गर्‍यो

कांग्रेस नेता सिटौलाले बहुमत प्राप्त कम्युनिस्ट सरकार एक वर्षकै अवधिमा साह्रै अलोकपि्रय भएको बताए । चुनाव जितेपछि जनतालाई पुरस्कृत गर्नुपनेर्ेेमा विभिन्न नाममा दण्डित गरेकाले यो अवस्था आएको उनले बताए । ‘सरकार जनताको साथमा छैन, कम्युनिष्ट पार्टीको निश्चित घेरामा छ’ उनले भने ।

सरकार संविधानको सीमामा नबसेको भन्दै उनले सत्तालाई तह लगाउने जिम्मेवारी कांग्रेसको भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment