Comments Add Comment

बैशाखदेखि बसहरु यातायात प्राधिकरण मातहात ल्याउँछौंः मन्त्री महासेठ

२९ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पूरानो कानुनका कारण बसहरु कम्पनीमा आउन नसकेको बताएका छन् । अहिलेसम्म १०/१२ हजार मात्र बसहरु कम्पनीमा आएको भन्दै उनले अब यातायात क्षेत्रलाई व्यवस्थित गर्न यातायात प्राधिकरण गठन गर्ने बताए ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री महासेठले भने, ‘यसको लागि समिति बनाइसकेका छौं । यो समितिले आउने साताभित्रै प्रतिवेदन दिन्छ । अब नेपालको यातायातलाई प्राधिकरणले सञ्चालन गर्छ ।’

यातायात प्राधिकरण पब्लिक-प्राईभेट पार्टनरसिप मोडलमा चल्ने र आगामी बैशाख १ गतेदेखि प्राधिकरणकै मातहातमा बसहरु सञ्चालन हुने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment