Comments Add Comment

नागढुंगा-कलंकी सडकको विस्तार फागुनमा पनि नसकिने

२९ मंसिर, काठमाडौं । नागढुंगा-कलंकी सडक खण्ड विस्तारको काम फागुनमा पनि नसकिने पक्कापक्की भएको छ । मुआब्जा विवाद रहेका क्षेत्रका घरलाई नचलाई सडक विस्तारको काम टुंग्याउने गरी मन्त्रिपरिषदले निर्णय गरेपछि यसको निर्माण गति केही बढेको थियो ।

मुआब्जा विवाद भएका क्षेत्रमा यथास्थितिमै काम टुंग्याउने गरी विस्तारको काम अघि बढाउने मन्त्रिपरिषदको निर्णयले सडक विभागलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्भाब्य हस्तक्षेपलाई रोकेको थियो । तर, सरकारको निर्णयपछि पनि काम निर्धारित समयमा सकिने गरी अघि बढ्न सकेको छैन ।

सडक विभागका अधिकारी भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष फागुनभित्रै काम सकिने भनेर रिपोर्टिङ गरेका छन् । त्यसकै अधारमा प्रधानमन्त्री ओलीले धमाधम काम भइरहेको भन्ने लागेरै सरकार कहाँ छ भनेर सोध्नेलाई ‘नागढुंगा कलंकी सडक हेर्न जानू’ भनेका थिए ।

यातायातमन्त्री महासेठले पनि अहिलेसम्म सार्वजनिक मञ्चहरुमा कलंकी नागढुंगा सडकमा फागुनसम्म विस्तारको काम सकिने बताउँदै हिँडेका छन् ।

सडक विभागका एक उच्च अधिकारीका अनुसार फागुनमा काम नसकिने पक्कापक्की नै छ । काठमाडौं सडक विभाग, सडक विस्तार आयोजना र ठेकेदार कम्पनी शैलुङबीच जेठसम्म आयोजनाको म्याद थप्ने सैद्दान्तिक सहमति भएरै काम भइरहेको छ ।

यो पनि पढ्नुहोस प्रधानमन्त्रीले भने : काठमाडौंको सडक धोइन्छ, जताततै सरकार देखिन्छ
‘फागुनसम्म भनिएको छ, तर जेठमा मात्रै काम सकिने अवस्था छ,’ ती अधिकारीले भने,’ वर्षा लाग्नुअघि नै यो खण्डको कालोपत्रे सक्छौं ।’

यो सडकको सबै खण्डमा शैलुङको विभिन्न जोइन्टभेन्चर कम्पनीसँग ठेक्का छ । मुख्य रुपमा सडकमा उसले काम गरिरहेको छ ।

यो सडक विस्तारमा भएको ढिलासुस्ती र लापर्वाहीले स्थानीयलाई धुलो मात्र खुवाएको छैन, यात्रुलाई त्यतिकै सास्ती दिएको छ ।

ठेकेदार कम्पनी शैलुङले घरजग्गाको मुआब्जाको विवादले काम सुस्त भएको दावी गर्दै आए पनि यो विषय समाधान भएपछि समेत कामको गति अपेक्षित छैन । तर, अब काम गर्न सहज वातावरण बनेको र काम पनि समानान्तर रुपमा सबै खण्डका एकसाथ अघि बढेको दावी सरकारको छ ।

कलंकीदेखि ३ किलोमिटर अघिसम्मको सडक शर्मा-शैलुङ-कान्छाराम जेभीले जिम्मा पाएको छ । २०७४ साल असोज मसान्तसम्म यो खण्डको निर्माण सकिनुपथ्र्यो ।

त्यसपछिको तीन किलोमिटर सडक लुम्बिनी-शैलुङ-साप जेभीको जिम्मामा छ । नागढुंगातर्फको ३.१० किलोमिटर सडक शर्मा-शैलुङ-कान्छाराम जेभीले निर्माण गर्दैछ ।

केही खण्डमा शैलुङले कामको गति बढाएको छ । तर, अझै पनि वषाअर्घि काम सकिन्छ भन्नेमा स्थानीय बासिन्दा आसावादी पनि छैनन् ।

यो पनि पढ्नुहोस कलंकी-नागढुंगा सडक, जहाँ सरकार छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment