Comments Add Comment

सरकारको असाधारण सफलता तथ्यांकले देखाउँछः प्रधानमन्त्री

२९ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारको सफलता असाधारण रहेको बताएका छन् । यो तथ्यांकले नै देखाउने उनको दाबी छ ।

शनिबारदेखि सुरु भएको सत्तारुढ नेकपा स्थायी कमिटीको बैठकमा वर्तमान राजनीतिक अवस्था र सरकारको कामकारबाहीबारे बि्रफिङ गरे । करिव ५ मिनेटमात्र बोेलेका उनले भने, ‘तथ्यांकले सरकारको सफलता देखाउँछ, यो निकै असाधारण छ ।’

यद्यपि उनले यसको कुनै ब्याख्या नगरेको एक स्थायी कमिटी सदस्यले अनलाइनखबरलाई जानकारी दिए । अध्यक्षद्वयको तर्फबाट पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सरकारको ९ महिनाको समिक्षा गरिएको छ ।

ओली नेतृत्वको सरकार गठन गर्दा मुलुकको राजनीतिक र आर्थिक अवस्था निकै अस्तव्यस्त रहेको तथा संघीयता कार्यान्वयनका लागि गर्नुपर्ने कामहरु शून्य अवस्थामा रहेको भन्दै राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘यसका बाबजुद यस अवधिमा वृहत्तर राजनीतिक सहमति निर्माण, मुलुकको वाहृय सम्बन्धमा सुधार, अर्थतन्त्रको सुदृढीकरण, सार्वजनिक प्रशासनको उचित व्यवस्थापन, तीनै तहका सरकारहरुको सञ्चालन, कानुन निर्माण र संविधान कार्यान्वयन तथा विसंगति नियन्त्रणमा महत्वपूर्ण उपलब्धी हासिल भएका छन् ।’

सरकारको कामलाई ६ बुँदा चर्चा गरिएको छ । सरकारलाई दुईतिहाईको समर्थन भएपनि राजनीतिक दायरालाई अझै फराकिलो बनाउन सम्वाद भइरहेको र संविधान संशोधनको माग राख्ने दलहरुलाई औचित्य, आवश्यकता र देश एवं जनताको हितमा संशोधन गर्न सकिने विश्वास दिलाइएको प्रतिवेदनमा उल्लेख छ । प्रमुख विपक्षीलाई विरोधका लागि विरोध लागि विरोध गर्ने परम्पराबाट माथि उठेर राष्ट्रियता, लोकतन्त्र, सुशासन र समृद्धि जस्ता विषयमा समहमतिका साथ अगाडि बढ्न आग्रह गरिएको छ ।

तीनै तहको सरकार सञ्चालनको न्यूनतम आधार तयार भएको, सरकार गठन हुने बेलासम्म समस्याग्रस्त रहेको बाहृय सम्बन्धलाई अनुकुल र सही दिशामा व्यवस्थित गरेको कानुन निर्माण, समाजिक सुरक्षा योजना कार्यान्वयन, सिण्डिकेट, तस्करी र अन्य विकृतिमाथि हस्तक्षेप गरेको र विद्यार्थी भर्ना अभियान चलाएको उल्लेख गर्दै प्रतिवेदनमा सरकार सफल भएको भनिएको छ ।

तर, जनताको अपेक्षा र उपलब्ध स्रोत साधानमा ठूलो अन्तर रहेको तथा घोषणापत्रमा उल्लेख भएका कतिपय विषय बजेटमा समेट्न नसकेको प्रतिवेदनमा स्वीकार गरिएको छ । समृद्ध नेपाल सुखी नेपालको संकल्प र राज्य संचनन्त्रको कार्यशैलीमा विरोधाभाष रहेको भन्दै अध्यक्षद्धयको प्रतिवेदनमा कर्मचारी संरचनामा रहेको जागिरे मानपकिता अन्त्यमा जोड दिइएको छ ।

प्रधानमन्त्री ओलीले पार्टीमा भावनात्मक एकता नभएको मात्र नभई खलबलिएको विश्लेषण सुनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment