Comments Add Comment

प्रपोगाण्डा गर्न कम्युनिस्टबाट सिकौंः सहमहामन्त्री महत

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले कम्युनिस्टबाट प्रचार र जनतामाझ जान सिक्नुपर्ने बताएका छन् ।

शनिबारदेखि सुरु भएको महासमिति बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले विचार कांग्रेसकै राम्रो भएको बताए । तर, आफ्नो राम्रो विचार र आफूले गरेको कामको विज्ञापन गर्न नसकेको भन्दै उनले भने, ‘हामीले हाम्रो कामको विज्ञापन पनि गर्न जरुरी छ ।’

कांग्रेसको विचार पनि राम्रो रहेको र नेताहरु पनि योगदान-बलिदान गरेकाहरु रहेको भएपनि चुप लागेर बसेर जनताले भोट नदिने उनले बताए । कांग्रेस सहमहामन्त्री महतले भने, ‘हामीले कम्युनिस्टबाट प्रचारप्रसार तथा प्रपोगाण्डा गर्न र जनताको बीचमा जान सिक्नुपर्छ ।’

चुनाव हारेकोमा पार्टी सभापति शेरबहादुर देउवाको आलोचना गर्ने गर्नेहरुलाई कस्तो परिस्थितिमा चुनाव गराएको छ भन्ने हेर्न आग्रह गरेका छन् । देउवा प्रधानमन्त्री नभएको भन्दै चुनाव नै नहुने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment