Comments Add Comment

आरोप प्रत्यारोपका बीच देउवा र पौडेलको हातेमालो

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच केन्द्रीय कार्यसमिति बैठकमै चर्को आरोप प्रत्यारोप भयो । चुनावी हारको समिक्षा लिएर भएको विवाद विधान संशोधनमा पनि प्रतिविम्बित भयो र महासमिति बैठक उद्घाटन गर्दैगर्दा सहमति जुट्न सकेन ।

यो चुनाव लगतै सुरु भएको थियो । तर, एक वर्ष वितिसक्दा पनि कम भएको छैन, बढ्दो छ ।

तर, महासमिति बैठकको उद्घाटन समारोहमा उपसभापति विजयकुमार गच्छदारले केन्द्रीय कार्यसमितिमा आफूले दुई नेताबचि अचम्मको प्रेम देखेको बताए । दुई नेताले एउटा प्लेटमा बाँडेर खाएको आफूले देखेको उनले सुनाए ।

लगतै दुबै नेतालाई कहिल्यै एकताको सन्देश दिन आग्रह गरे । उनले देउवा र पौडेललाई हातेमालो गरेर देशभरका कार्यकर्तालाई एकताको सन्देश दिन आग्रह गरे ।

देउवाले छेउमै बसेका पौडेलतिर हेरे । उनले उठेर हात हल्लाए । लगतै पौडेलले पनि उठेर हात हल्लाए । तर, गच्छदारलाई चित्त बुझेन । उनले हातेमालो गर्न आग्रह गरे । देउवाको छेउमा रहेको अर्का उपसभापति विमलेन्द्र निधि र पौडेलको छेउमा रहेका महामन्त्री शशांक कोइरालाले पनि कर गरे ।

मन नलागेझै गरेर वरिष्ठ नेता पौडेल उठे र सभापति देउवाको हात समातेर हातेमालो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment