Comments Add Comment

आलोचकलाई देउवाको प्रश्नः उसो भए ओली ठीक छ त ?

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो विरोध गर्ने छुट नेताहरुलाई रहेको बताएका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि बोल्ने हिम्मत गर्न नेताहरुलाई आग्रह गरेका छन् ।

पार्टी महासमिति बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टी सभापति देउवाले सबैलाई मिलाएर लैजाने बताए ।

आफ्नो विरोध गर्ने छुट रहेको र गल्ती भएको भए सुधार गर्न पनि तयार रहेको भन्दै उनले भने, ‘तर, ओलीको खिलापमा माधव नेपालले जत्ति हिम्मत त गर्नुस् ।’

आफ्नो मात्र आलोचना गरेको भन्दै उनले भने, ‘म किन ठीक छैन ? उसो भए ओली ठीक छ त ?’

देउवाले सम्बोधन गर्दा सम्मेलन स्थलमा नेताहरुले आपसमा कुराकानी गर्दा हल्ला भएको थियो । लिखित सम्बोधन गरेका सभापति देउवाले पटकपटक ‘प्लिज सुनिदिनुस् न, चित्त नबुझे भोलि बोल्नुस् न’ भन्नु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment