Comments Add Comment

विदेशी कामदारको न्युनतम् तलव २० प्रतिशत कटौती गर्ने मलेसियाको प्रस्ताव

२९ मंसिर, काठमाडौं । मलेसियाले आफ्नो देशमा कार्यरत विदेशी कामदारको न्युनतम् तलव २० प्रतिशत कटौती गर्ने प्रस्ताव गरेको छ ।

मानव संशाधनमन्त्री एम कुलेसागरनले कामदार ल्याउन रोजगारदाताले रकम खर्चिनु पर्ने भएकाले न्युनतम् तलब घटाउनु पर्ने प्रस्ताव राखेका हुन् । मन्त्री कुलेसागरनले केही समयअघि मात्र नेपालसँग कामदार लैजाँदा लाग्ने सबै खर्च रोजगारदाताले व्यहोर्ने सहमति गरेका थिए ।

यसले नेपाली कामदारहरु निःशुल्क रुपमा रोजगारीका लागि मलेसिया जान पाउने भएका थिए ।

तर, नेपालसँग भएको सहमति कार्यान्वयन नहुँदै विदेशी कामदारलाई न्यूनमत तलब कटौतीको प्रस्ताव राखेका छन्, जसले मलेसिया जाने नेपाली कामदारहरु फेरि मारमा पर्ने देखिएको छ ।

यसरी न्यनतम तलबमै २० प्रतिशत काटौती भए कार्यरत झण्डै ४ लाख भन्दा बढी नेपाली कामदार प्रभावित हुनेछन् ।

‘प्रस्ताव नेशनल लेबर एड्भाइजरी काउन्सिल (एनएलएसी) मा दर्ता गरेका छौं र निर्णय हुनुअघि सरोकारवालासँग खला छलफल गर्दैछौं’ मानव संशाधनमन्त्री कुलेसागरनले भनेका छन् ।

यो प्रस्तावले रोजगारदाता र कामदार दुबैको जित हुने उनको तर्क छ । उनका अनुसार यसरी कटौती गरिने तलब समाजिक सुरक्षा संगठनमा राखिनेछ र श्रम इजाजत सकिएपछि फर्किनेबेलामा दिइनेछ ।

यस्तै व्यवस्था गरेर कोरिया र जापानका उद्योगले कामदार भाग्नबाट रोक्ने गरेको उदाहरण पनि उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment