Comments Add Comment

रोनाल्डोको गोलमा युभेन्टसको जित

१ पुस, काठमाडौं । इटालियन सिरी ए मा लिग लिडर युभेन्टसले जित हात पारेको छ । शनिबार राति भएको खेलमा युभेन्टसले टोरिनोलाई १–० गोलअन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डोले गोल गरे ।

पहिलो हाफमा युभेन्टसलाई गोलरहित बराबरीमा रोकेको टोरिनोले खेलको दोस्रो हाफमा गोल खान पुग्यो । खेलको ७०औं मिनेटमा युभेन्टसले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।

बाँकी समयमा गोल हुन नसकेपछि खेल युभेन्टसले १–० गोलले जितेको हो ।

शनिबार राति नै भएको अर्को खेलमा इन्टर मिलानले उडिनेसलाई १–० गोलले नै पराजित गरेको छ ।

जितपछि शीर्ष स्थानमा रहेको युभेन्टसले १६ खेलबाट ४६ अंक बनाएको छ । पराजित टोरिनोको भने २२ अंक रहेको छ । लिगको दोस्रो स्थानमा भने नेपोली रहेको छ । उसको १५ खेलबाट ३५ अंक रहेको छ । लिगको तेस्रो स्थानमा रहेको इन्टर मिलानको भने १६ खेलबाट ३२ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment