Comments Add Comment

जब चकलेटको खोलो बग्दा सडक नै बन्द भयो

सडकमा चकलेटको बाढी आएको सुन्नुभएको छ ? जर्मनीको वेस्टनेन सहरमा हालै यस्तै भएको छ । त्यहाँ झण्डै एक टन चकलेटको लेदो सडकमा पोखिएपछि एक प्रकारको चकलेटी बाढी नै आयो । अनि सडक नै बन्द गर्नुपर्यो ।

सहरमा रहेको एक चकलेट कारखानामा लेदो चकलेटले भरिएको एउटा ट्यांक लिक भयो । जसका कारण एक टनभन्दा धेरै चकलेट सडकमा बग्यो ।

मौसम निकै चिसो थियो । त्यसैले सडकमा पोखिएको चकलेटको लेदो तत्कालै जमेर कडा भयो । सडकको आवागमन नै बन्द गर्नुपर्यो ।

तत्कालै २५ जना फाएरफाइटर बोलाइयो । तातो पानी पम्पको फोहोरा प्रयोग गरी निकै सकसपूर्ण तरिकाले चकलेट सफा गरियो ।

कारखानाका कर्मचारीहरु पनि सडकको चकलेट सफा गर्न खटिए ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment