Comments Add Comment

सिटिजन्स बैंकका सीईओ भण्डारीको कार्यकाल सकिँदै को बन्ला नयाँ सीईओ ?

१ पुस, काठमाडौं । सिटिजन्स बैंक इनटरनेसनलका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले बैंक छाड्ने भएका छन् । आगामी १६ गते कार्यकाल पुरा गरेर भण्डारी बैंकबाट बिदा हुने भएका हुन् ।

पुस १६ गतेबाट ४ वर्षे कार्यकाल सकिने भए पछि आजै (आइतबार) देखि नै भण्डारी बिदामा बसेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा कुनै सीईओ दुई कार्यकालसम्म एउटै बैंकमा रहन सक्ने व्यवस्था गरिएको छ ।

अझै ४ वर्ष दोस्रो कार्यकाल काम गर्न सक्ने कानूनी व्यवस्था भए पनि भण्डारी दोस्रो कार्यकालका लागि बैंकको नेतृत्व लिन इच्छुक नभएको बैंक श्रोतले बताएको छ । भण्डारी बैंकबाट बाहिरिने भए पछि बैंकले कसलाई नयाँ सीईओ बनाउने भन्नेबारे गृहकार्य पनि शुरु गरेको छ ।

बैंकमै नायव प्रमुख कार्यकारी अधिकृत रहेका गणेशराज पोखरेललाई कार्यबाहक सीईओको जिम्वेवारी दिने निर्णय गरेको बैंक संचालक समितिले उनलाई नै सीईओ बनाउने वा बाहिरको मान्छे खोज्ने भन्ने विषयमा भने कुनै निर्णय गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment