Comments Add Comment

वीरगञ्जमा विशाल मेमोरीयल गोल्ड कप आयोजना हुने

१ पुस, वीरगञ्ज । वीरगञ्जमा टुवोर्ग दोस्रो विशाल मेमोरियल गोल्ड कप प्रतियोगिता हुने भएको छ । नारायणी रंगशालामा पुस २८ देखि माघ ५ गते सम्म प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताका लागि अयोजक विशाल मेमोरियल फाउन्डेसनले तयारी तीव्र पारेको छ । नारायणी रंगशालाको फिल्ड मर्मतको काम भइरहेको फाउन्डेसनका अध्यक्ष अनिलकुमार कलवारले जानकारी दिए ।

वीरगञ्जका पूर्वराष्ट्रिय फुटबल खेलाडी स्वर्गीय विशालजंग राणाको स्मृतिमा गत वर्षदेखि गोल्डकपको शुरुआत गरिएको थियो । वीरगञ्जलाई खेलकुदको सहरको रुपमा परिचित गराउनका लागि प्रतियोगिताको अयोजना गरिएको उनी बताउँछन् ।

५१ लाख २० हजार खर्च हुने अनुमान गरिएको प्रतियोगितामा नेपालका ए डिभिजनका ५ वटा, भारतका २ वटा र वीरगंजको एउटा गरी ८ वटा टिमको सहभागी हुने छन् ।

फिफाको नियम अनुसार नै प्रतियोगिता गराईने आयोजकको भनाइ छ । प्रतियोगितामा विजेता टिमले कपसहित नगद पाँच लाख ५५ हजार पाँच सय ५५ र उपविजेताले दुई लाख ७७ हजार सात सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल र प्रत्येक खेलका म्यान अफ दी म्याचलाई पाँच हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

नारायणी रंगशालामा २५ हजार दर्शक अट्ने क्षमता भएपनि प्यारफिट जीर्ण अवस्थामा छ । जसका कारण ०७४ मा जस्तैगरि रंगशालाको पूर्व र पश्चिमको प्याराफिटमा मात्रै दर्शकलाई राखिने छ ।

नारायाणी रंगशालामा अनतर्राष्ट्रिय रंगशालाका लागि पुग्ने भौतिक संरचना भएपनि ओझेलमा परेको खेलप्रमीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment