Comments Add Comment

दिपिकासँग राजकुमारको जोडी

नायिका दिपिका पादुकोणले यो बर्षको पहिलो हिट चलचित्र ‘पद्यमावत’पछि कुनै पनि चलचित्रमा साइन गरेकी छैनन् । यो बर्ष नै उनले बिहे गरेकाले पनि उनी नयाँ चलचित्र साइन नगर्ने मुडमा देखिएकी थिइन् । तर, अब भने उनी फेरि काममा फर्किदैछिन् । दिपिका पादुकोणले एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको बायोपिकमा काम गर्दैछिन् । यो चलचित्रमा उनी मुख्य भूमिकामा छिन् ।

यो चलचित्रलाई मेग्ना गुल्जारले निर्देशन गर्दैछिन् । यो चलचित्रमा दिपिकाको पनि लगानी रहेनछ । यो चलचित्रका लागि नायकको खोजी भैरहेको थियो । दिपिका र मेग्नाले लामो समयको होमवर्कपछि नायक राजकुमार राओलाई फाइनल गरेका हुन् । अब, चलचित्रको पर्दामा दिपिका र राजकुमारको जोडी पहिलो पटक देखिनेछ ।

दिपिका र मेग्नाले अभिनयमा माहिर नायकको खोजी गरिरहेका थिए । सोही क्रममा उनीहरुले राजकुमारलाई फाइनल गरेका हुन् । पत्रकारहरुसँग कुरा गर्दै दिपिकाले भनेकी छिन्–‘हो, हामी यो चलचित्रको छायांकन अर्को बर्षदेखि सुरु गर्दैछौ । यो एकदमै महत्वपूर्ण चलचित्र हो र कसैको व्यक्तिगत जीवनमा निर्माण हुँदैछ । आशा गरौ, राम्रो चलचित्र बनेर दर्शकमाझ आउनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment