Comments Add Comment

‘छम्मा छम्मा’मा एलीको हट अवतार

बलिउडमा अहिले पुराना गीतलाई रिमेक गरेर तयार पार्ने चलन बढेको छ । यसैले बलिउडमा नयाँ गीतको अभाव भएको हो कि भन्ने पनि देखिएको छ । यही क्रममा चलचित्र ‘फ्रड सैंया’मा समावेश ‘छम्मा छम्मा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

यो गीतको भिडियोमा नायिका एली अवरामलाई निकै नै सेक्सी अवतारमा देखाइएको छ । यो गीतको ओर्जिनल भिडियोमा नायिका उर्मिलाले नृत्य गरेकी थिइन् । यो गीत चलचित्र ‘चाइना गेट’मा समावेश छ ।

नेहा कक्कडले आवाज भरेको गीतको भिडियो हेर्दा उर्मिलाको याद आउँछ । दर्शकले यो भिडियोलाई मिश्रित प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment