Comments Add Comment

मनिता देवकोटा मिस युनिभर्सको टप १० मा पुगेर बाहिरिन्

२ पुस, काठमाडौं । मिस युनिभर्स २०१८ मा नेपालको प्रतिनिधित्व गरेकी मनिता देवकोटा टप १० मा पुगेर बाहिरिएकी छन् ।

थाइल्याण्डको बैंककमा आयोजित अन्तिम प्रतिस्पर्धामा देवकोटा यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल भएकी थिइन् ।

अमेरिका, युरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट ५ छनौट गरी १५ जना र ५ जना वाइल्ड कार्डमार्फत् गरी टप २० छनौट गरिएको थियो । मनिता एसिया प्यासिफिक तथा अफ्रिकाका तर्फबाट तेस्रो नम्बरमा परेकी थिइन् ।

त्यसपछि हरेक प्रतिस्पर्धीलाई आफ्नो बारेमा १५ सेकेण्डको मन्तब्य दिने अवसर दिइएको थियो । यही मन्तब्यका आधारमा टप १० प्रतिस्पर्धीको छनौट गरिएको थियो ।

टप टेनमा नेपालसँगै दक्षिण अफ्रिका, भियतनाम, भेनेजुएला, फिलिपिन्स, कोस्टारिका, कुराकाओ, क्यानडा, थाइल्याण्ड र पुयोर्टो रिकोका सुन्दरीहरु परेका थिए । यो समूहबाट उत्कृष्ट पाँच छनोट गर्दा मनिता परिनन् ।

उत्कृष्ट पाँचमा मिस पुयोर्टो रिको, मिस भियतनाम, मिस फिलिपिन्स, मिस दक्षिण अफ्रिका र मिस भेनेजुयला परे । यी पाँच जनाबाट उत्कृष्ट तीन जना छनोट गर्दा फिलिपिन्स, दक्षिण अफ्रिका र भेनेजुयला परे ।

मिस युनिभर्सको ताज भने फिलिपिन्सकी सुन्दरी क्याटिओना ग्रेले जितिन् । फस्ट रनरअप दक्षिण अफ्रिका र सेकेन्ड रनरअप भेनेजुयलका सुन्दरीहरु भए ।

मिस युनिभर्सको ताज‍ फिलिपिन्सकी सुन्दरी क्याटिओना ग्रेले जितिन् । फस्ट रनरअप दक्षिण अफ्रिका र सेकेन्ड रनरअप भेनेजुयलका सुन्दरीहरु भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment