Comments Add Comment

फिलिपिन्सकी क्याट्रिओना बनिन् मिस युनिभर्स, टप १० सम्म पुगिन् मनिता

२ पुस, काठमाडौं । मिस युनिभर्स २०१८ को ताज फिलिपिन्सकी क्याट्रिओना ग्रेले जितेकी छन् । थाइल्याण्डकको बैंककमा आज भएको फाइनल प्रतिस्पर्धामा फिलिपिन्सकी २४ वर्षीया क्याट्रिओनाले मिस युनिभर्सको ताज जितेकी हुन् ।

मिस युनिभर्सको ताज जित्ने क्याट्रिओना फिलिपिन्सको चौथो सुन्दरी हुन् । यसअघि सन् २०१५, १९७३ र १९६९ मा पनि फिलिपिन्सकै सुन्दरीहरुले मिस युनिभर्सको ताज जितेका थिए ।

फस्ट रनरअप दक्षिण अफ्रिका र सेकेन्ड रनरअप भेनेजुयलाका सुन्दरीहरु भए ।

नेपालबाट प्रतिनिधित्व गरेकी मनिता देवकोटा भने टप १० सम्म मात्रै पुग्न सफल भइन् । यसअघि विश्व सुन्दरी प्रतियोगितामा भाग लिएकी श्रृंखला खतिवडा टप १२ सम्म पुगेर बाहिरिएकी थिइन् ।

यो पनि पढ्नुहोस मनिता देवकोटा मिस युनिभर्सको टप १० मा पुगेर बाहिरिन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment