Comments Add Comment

यो वर्ष अस्ताएका १० प्रविधि

अरु क्षेत्रमा जस्तै विज्ञान र प्रविधिको क्षेत्रमा पनि धेरै प्रविधि तथा ग्याजेटहरु आउँछन् र अस्ताउँछन् । हालैका महिनाहरुमा पनि दुनियाँबाट धेरै प्रविधिहरु समाप्त भएर गए । यसरी हराएर गएकामध्ये कतिपयले कुनै समय प्रविधि जगत तथा हाम्रो जीवनमा ठूलै प्रभाव पारेका थिए । पछिल्लो समयमा समाप्त भएका १० वटा प्रविधि तथा ग्याजेट यी हुन्ः

· गुगल इनबक्स: गुगलले आफ्नो इमेल एप इनबक्स बन्द गर्ने घोषणा गरेको छ । सन् २०१४ मा लञ्च गरिएको यो एप सन् २०१९ को मार्चबाट बन्द हुनेछ । जिमेलमा प्रयोग गर्ने फिचरहरुको परीक्षणको काम गुगलले इनबक्समा गर्ने गर्दछ । इनबक्स एप किन बन्द गर्न लागेको भन्ने गुगलले खुलाएको छैन ।

· याहु मेसेन्जर: यो वर्ष याहुको मेसेन्जर एप याहु मेसेन्जर पनि बन्द गरेको छ । जुलाई १७ मा याहु मेसेन्जर बन्द गरिएको हो । सन् १९९८ मा लञ्च गरिएको याहु मेसेन्जर कुनै बेला मेसेन्जर एपमा आधिपत्य जमाएको थियो । तर पछिल्लो समयमा ह्वाट्सएप, फेसबुक, स्न्यापच्याट तथा इन्स्टाग्रामलगायतसँग प्रतिस्पर्धा गर्न नसकेपछि याहु मेसेन्जर बन्द हुने अवस्थामा पुग्यो ।

· गुगल युआरएल सर्टनरः सन् २००९ मा लञ्च भएको Google URL Shortner कुनै समय निकै महत्वपूर्ण तथा फन टूलको रुपमा रह्यो । तर केही समयअघि गुगलले यो सर्भिस बन्द गर्ने घोषणा गर्यो । यो बन्द गरेसँगै गुगलले प्रयोगकर्तालाई फायरबेस डाइनामिक लिंक्स वा यस्तै खाले सेवा बिट्ली र ओ डब्लु डट एलवाईको प्रयोग गर्न अपिल गरेको छ ।

· फेसबुक एम पर्सनल एसिस्टेन्ट: फेसबुकले साढे दुईवर्षअघि ल्याएको आफ्नो भर्चुअल एसिस्टेन्ट ‘एम’ यो वर्षको सुरुमै बन्द गर्यो । यो सर्भिस अमेरिकाको क्यालिफोर्नियामा झण्डै २ हजार प्रयोगकर्ताका लागि फेसबुक मेसेन्जरको च्याटबोटको रुपमा उपलब्ध थियो ।

· गुगल स्पेसेस: गुगलले आफ्नो ग्रुप मेसेजिंग एप गुगल स्पेसेस पनि बन्द गरेको छ । सन् २०१६ मा लञ्च गरेको यो सर्भिस छोटै समयमा बन्द गर्नुपरेको हो ।

· गुगल ब्लब इमोजी: गुगलले यो वर्ष आफ्ना धेरै प्रडक्ट बन्द गर्ने घोषणा गर्यो र त्यसमध्येको एउटा हो ब्लब इमोजी । वर्ल्ड इमोजी दिवसकै दिन गुगलले यो क्लालिक इमोजी टुल बन्द गरेको हो ।

· फेसबुक हेल्लो: फेसबुकले आफ्ना एन्ड्रोइड प्रयोगकर्ताका लागि सन् २०१५ मा हेल्लो एप लञ्च गरेको थियो जुन गत जुलाई ३१ मा बन्द गर्यो । यो एपले प्रयोगकर्तालाई आफ्नो फोनमा रहेका कन्ट्याक्ट इन्फर्मेसनलाई फेसबुकसँग जोड्न सहयोग गर्दथ्यो ।

· गुगल प्लस: गत अक्टोबरमा गुगलले आफ्नो सोसल मिडिया प्लाटफर्म गुगल प्लस बन्द गर्यो । सुरक्षा त्रुटीका कारण लाखौँ प्रयोगकर्ताका डाटा असुरक्षित भएको खुलासा भएसँगै गुगलले यस्तो निर्णय गरेको हो ।

· युट्युब गेमिंग एप: गुगलले आफ्नो भिडियो स्ट्रिमिंग एप युट्युबको गेमिंग एप बन्द गर्ने घोषणा गरेको छ । सन् २०१५ मा लञ्च गरिएको युट्युब गेमिंग एप सन् २०१९ को मार्चमा बन्द हुनेछ ।

· गुगल क्रोम एप्स: गत वर्षको डिसेम्बरमा गुगलले आफ्नो क्रोम ब्राउजरको एप सेक्सन बन्द गर्ने घोषणा गर्यो । विन्डोज, म्याक तथा लिनक्स भर्सनको क्रोममा एप सेक्सन बन्द गरियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment