Comments Add Comment

सुरजदेखि अक्कीसम्म, स्वस्तिमाको रोजाइमा नयाँ नायक

नायिका स्वस्तिमा खड्काको हातमा चलचित्रको अभाव छैन । ब्याक टू ब्याक उनले ठूला ब्यानरका चलचित्रमा काम गरिरहेकी छिन् । तर, संयोग नै मान्नुपर्छ स्वस्तिमा खड्काको चलचित्रमा सधै नै नयाँ नायक देखिएका छन् । स्वस्तिमाले अभिनय गरेको पहिलो चलचित्र ‘होस्टेल रिटन्र्स’मा पनि नयाँ नायक नै थिए । यो चलचित्रमा सुशिल श्रेष्ठ, नाजिर हुसेन, सुशिल सिटौला लगायतका नयाँ नायक थिए ।

यसपछि पनि स्वस्तिमाले लगातार नयाँ नायकसँग नै काम गरिरहेकी छिन् । के स्वस्तिमा चलचित्र क्षेत्रमा चलेका नायकसँग काम गर्न नचाहने नै हुन् त ? उनले भनिन्–‘त्यस्तो होइन । यसलाई संयोग नै मान्नुपर्छ । मैले कहिले पनि चलचित्रमा यो नायक हुनुपर्छ भनेर डिमाण्ड गर्दिनँ ।’

स्वस्तिमाको भाषामा यसलाई संयोग नै मानौ । तर, उनको चलचित्रमा उनीसँग रोमान्स गर्ने नायक सधै नै नयाँ नै हुने गरेका छन् ।

१. स्वस्तिमा–सुरज खड्काः स्वस्तिमाले अभिनय गरेको चलचित्र ‘लभ लभ लभ’ बक्स अफिसमा औषत रुपमा हिट भयो । यो चलचित्रमा उनले नयाँ नायक सुरज खड्कासँग काम गरेकी थिइन् । एक साधारण यूवा र यूवतीको कथामा यो चलचित्र बनेको थियो ।

२. स्वस्तिमा–स्वरुपपुरुष ढकालः चलचित्र ‘छक्का पन्जा २’मा कलाकारको बाक्लो उपस्थित थियो । तर, नायिका स्वस्तिमा खड्कासँग भने नयाँ नायक स्वरुप पुरुष ढकालले काम गरे । अहिले स्वरुप चलचित्र क्षेत्रमा खासै सफल छैनन्, तर स्वस्तिमालाई भने यो क्षेत्रले गतिलोसँग स्विकार गरेको छ ।

३. स्वस्तिमा–अभिषेक नेपालः चलचित्र ‘नाई नभन्नु ल ५’ हिट भएपछि स्वस्तिमाको माग अझै चलचित्र क्षेत्रमा बढेको छ । यो चलचित्रमा दर्शकले स्वस्तिमालाई नयाँ नायक अभिषेक नेपालसँग देखेका थिए । अभिषेक पनि यहि चलचित्रबाट यो क्षेत्रमा प्रवेश गरेका थिए ।

४. स्वस्तिमा–मुकुन भुषालः स्वस्तिमाको नयाँ चलचित्र रिलिज हुँदैछ, ‘बुलबुल’ । यो चलचित्रमा स्वस्तिमाले कलाकार मुकुन भुषालसँग काम गरिरहेकी छिन् । मुकुन नाट्य क्षेत्रमा चलेका कलाकार हुन् । चलचित्रमा भने उनी पनि स्वस्तिमासँग पहिलो पटक जोडी वाँधिरहेका छन् ।

५. स्वस्तिमा–अक्की प्रधानः अहिले चलचित्र ‘हजार जुनीसम्म’माको छायांकन सुरु भएको छ । यो चलचित्रमा स्वस्तिमासँग रोमान्स गर्ने नायकको नाम अक्की प्रधान हो । सिक्किमका अभिषेक यहि चलचित्रबाट यो क्षेत्रमा प्रवेश गर्दैछन् ।

यसरी हेर्दा स्वस्तिमाको सबैजसो चलचित्रमा नयाँ नायकले नै काम गरिरहेका छन् । चलचित्र ‘दाल भात तरकारी’मा उनले काम गरेको भए उनको जोडीको रुपमा पुष्पल खड्का हुने थिए । तर, उनले नयाँ नायकसँग काम गर्ने क्रमलाई क्रमभंग गरेकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment