Comments Add Comment

निजामती सरह समायोजनको माग गर्दै स्थानीय तहका कर्मचारीहरु धर्नामा

२ पुस, बुटवल । बुटवल उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरुले आफ्ना माग सम्बोधन गर्न दवाव दिन भन्दै आन्दोलन सुरु गरेका छन् ।
विभिन्न दल निकट कर्मचारी संघसंगठनहरुले नगरपालिकामा काम ठप्प पारेर धर्ना दिंदै आन्दोलन सुरु गरेका हुन् ।

केही समयअघि सरकारले ल्याएको कर्मचारी समायोजन सम्बन्धी अध्यादेशको विरोध गर्दै उनीहरुले धर्ना, हातमा कालोपट्टी बाँध्नेदेखि अनिश्चितकालसम्म कामकाज ठप्प पारेर फोहोर उठाउन बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

अध्यादेशको विरोधमा विपक्षी कांग्रेससँगै सत्तारुढ नेकपासम्बद्ध स्थानीय तहका कर्मचारी संगठनले संयुक्त रुपमा आन्दोलनमा छन् ।

नेकपा निकट स्थानीय तह कर्मचारी संघ तथा नेपाल राष्ट्रिय स्थानीय तह कर्मचारी संगठन, कांग्रेस निकट स्थानयी तह कर्मचारी युनियन र नगरपालिका कर्मचारी एशोसिएसन आन्दोलित भएका हुन् ।

नगरपालिका कर्मचारी एसोसिएशनका केन्द्रीय कोषाध्यक्ष सितुप्रसाद श्रेष्ठले पुस १० गतेसम्म पनि माग पूरा नभए थप सशक्त कार्यक्रम घोषणा गर्ने बताए ।

चारवटै संगठनले केन्ऽबाट समायोजन भएर जाने कर्मचारीसँगै स्थानीय तहका कर्मचरीको पनि समायोजन गर्नुपर्ने माग अघि सारेका छन् ।
यस्तै, स्थानीय तहमा कार्यरत साढे ६ हजार अस्थायी कर्मचारीलाई स्थायी गर्न पनि उनीहरुको माग छ ।

कोषाध्यक्ष श्रेष्ठले भने, ‘केन्ऽबाट एक तह स्वतः बढुवा भएर कर्मचारी स्थानीय हतमा जाने तर, वर्षौदेखि स्थानीय तहमा कार्यरत कर्मचरीको भने कुनै वृत्ति विकास नहुने ? यो विभेदकारी अध्यादेशविरुद्ध हामी उभिएका हौं ।’

आन्दोलनका कार्यक्रम अन्तर्गत ३ गते १० बजेदेखि १२ बजेसम्म स्थानीय तहमा कालोपट्टी बाधेर काम ठप्प पार्ने, ४ गते १० बजेदेखि २ बजेसम्म कामकाज ठप्प पार्ने, ५ गते ३ बजेसम्म कामकाज ठप्प पार्ने र ६ गतेदेखि १० गते सम्म पुरै दिन कामकाज ठप्प पार्ने रहेका छन् ।

स्थानीय तहका कर्मचारीलाई पनि एक तह स्वतः बढुवा गर्नुपर्ने मागलाई कर्मचारी संगठनले जोडबलका साथ उठाएका छन् ।

उनीहरुले समायोजन अध्यादेश आउनुपूर्व नै मन्त्री लालबाबु पण्डितलाई यस्तो व्यवस्था गर्न दबाव दिएका थिए । तर, कर्मचारी समायोजन अध्यादेश आˆनो माग अनुकल नआएपछि देशभरिकै स्थानीय तह ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment