Comments Add Comment

ज्ञानेन्द्रको स्वागतमा गणतन्त्रविरोधी नाराबाजी (भिडियोसहित)

२ पुस, पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा उनका समर्थकहरुले सोमबार बिहान पोखरा विमानस्थलमा राष्ट्रिय झण्डा बोकेर गणतन्त्रविरोधी नारा लगाएका छन् ।

राजतन्त्रका समर्थकहरुले गणतन्त्रलाई फाँसी दे भन्दै नारा लगाएका छन् । नारा लगाउने क्रममा राष्ट्रिय झण्डाको समेत प्रयोग गरिएको छ । ज्ञानेन्द्रका समर्थकहरुले गणतन्त्रलाई फाँसी दे, संघीयता खारेज गर, हिन्दु राष्ट्र कायम गर जस्ता नारा लगाएका थिए ।

सयौंको संख्यामा विमानस्थल अगाडि भेला भएका उनीहरुले हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै नारा लगाएका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबारदेखि पोखराको निजी भ्रमण गर्दैछन् । उनी एक साता यहाँ रहने कार्यक्रम छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले गणतन्त्रलाई आत्मसाथ गर्दै नागरिक भएर बस्ने घोषणा गरिसकेका छन् । तर, उनको नाममा यसरी गणतन्त्र, संघीयता र संविधानकै बर्खीलापमा नाराबाजी भएकोमा पूर्वराजाको सहमति छ या स्वतस्फूर्त भएको हो भन्ने बुझ्न सकिएको छैन ।

हेर्नुहोस् भिडियो

तस्वीरहरु : युनिस गुरुङ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment