Comments Add Comment

मनिषा कोइरालाले लेखिन् ‘क्यान्सरको किताब’

२ पुस, काठमाडौं । चर्चित अभिनेत्री मनिषा कोइरालाको संस्मरणात्मक पुस्तक HEALED शनिबार पोखरामा सार्वजनिक हुँदैछ । पेन्गुइन बुक्सले प्रकाशन गरेको पुस्तक ७ पुसबाट शुरु हुने नेपाल लिटरेचर फेस्टिभलमा सार्वजनिक गर्न लागिएको हो ।

राजधानीमा सोमबार आयोजित लेखकसँगको साक्षात्कार कार्यक्रममा अभिनेत्री कोइरालाले क्यान्सरले बिरामी हुँदाको भोगाई तथा पीडाबाट पाएको नयाँ जीवनको अनुभव बाँड्न पुस्तक लेखेको बताइन् । ‘बिरामी हुँदा भोगेको नयाँ, अनौठो र पीडादायी अनुभव सार्वजनिक गर्नुपर्छ भन्ने लागेर यो पुस्तक लेखेकी हुँ’, कार्यक्रममा उनले भनिन् ।

पुस्तकको नेपाली संस्करण आफूहरूले प्रकाशन गर्न लागेको फाइन प्रिन्टका नीरज भारीले जानकारी दिए ।

पुस्तकको रोयल्टीबाट प्राप्त रकम सामाजिक संस्था केयर नेपालले पाउने भएको छ । कोइरालाले एड्भान्सबापत प्राप्त पाँच लाख रुपैयाँ केयर नेपाललाई हस्तान्तरण गरिन ।

यो पनि पढ्नुहोस मृत्युसँग जुध्दा गम्भीर अनुभव हुँदोरहेछ

केयर नेपालका अध्यक्ष डा. मदनकुमार पियाले सहयोग रकम विपन्न वर्गको विरामीको उपचारमा खर्च गर्ने बताए । आठ वर्ष पहिले स्थापित यो संस्थाले नेसनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरमा विपन्न विरामीका लागि चारवटा बेड छुट्याएको छ ।

आफूहरूले मासिक तीन लाख बराबरको निःशुल्क सेवा दिईरहेको पियाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment