Comments Add Comment

सिप्रदीद्धारा १० जिल्लाका ३ सय भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

२ पुष, काठमाडौं । सिप्रदीले वाकाथनबाट संकलन भएको पैसाबाट देशभरिका १० जिल्लाका ३० ओटा विद्यालयमा ३०० भन्दा धेरै विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण गरेको छ ।

सिप्रदियन सहायता संस्थाद्धारा विद्यार्थीहरुलाई विद्यालय पोशाक, जुत्ता मोजा, झोला तथा ज्यामिति बक्स र स्टेशनरीहरु वितरण गरेको हो ।

टाटा मोटर्सको सहकार्यमा सबैका लागि शिक्षा भन्ने मुल नारा सहित सिप्रदी वाकाथन गत मार्च ३१ मा सम्पन्न भएको थियो । सिप्रदियन सहायता संस्थाका अध्यक्ष सिद्धार्थ शमशेर जबरा सहितको ६ सयभन्दा धेरै सिप्रदीयनहरु र अन्य अतिथिहरुको संंलग्नतामा आयोजित उक्त वाकाथन कार्यक्रम बाट ६ लाख रकम संकलन भएको थियो ।

उक्त सहयोग देशभरीका बिभिन्न जिल्लामा सिप्रदीयन सहायता संस्थामार्फत प्रदान गरिएको हो । कार्यक्रमको प्रमुख उद्देश्य गरिबीमा रहेका विद्यार्थीहरुको शिक्षामा पहुँच पुर्‍याउनु, विद्यालयमा विद्यार्थीहरुका उपस्थिति सुनिश्चित गर्नु, शिक्षामा पहुँचका लागि समुदायलाई उत्तरदायी बनाउनु र आर्थिक रुपमा उनिहरुको परिवारलाई सशक्त बनाउनु रहेको कुरा संस्थाले जनाएको छ ।

सिप्रदियन सहायता संस्था क्रियाशिल रुपमा संलग्न क्षेत्र मध्य प्रमुख क्षेत्र शिक्षा हो । जस अन्तर्गत यस संस्थाले विभिन्न सरकारी विद्यालय र विद्यार्थी हरुलाई छात्रावृद्दि प्रदान गर्दै आईरहेको छ ।

सिप्रदियन सहायता संस्था र टाटा ट्रष्टको समन्वयमा शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी तथा सरसफाई जस्ता क्षेत्रहरुमा जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।

साथै उक्त संस्थाद्धारा हालै मात्र विभिन्न जिल्लाका ६५ जना विद्यार्थी, २ जना शिक्षक र १ जना विद्यालय सहायकलाई सहयोग पनि प्रदान गरेको छ । भुकम्प प्रभावित ६ ओटा विद्यालयहरु पुर्ननिर्माण गरिरहेको र उक्त कार्य अन्तिम चरणमा पुगेको संस्थाले जनाएको छ ।

यस भन्दा अघि पनि सिप्रदी सहायताद्वारा सामाजिक उतरदाईत्व अन्तरगत अटो मेकानिक बन्न ईच्छुक युवाहरुलाई निशुल्क रुपमा ६ महिने तालिम दिँदै आएको छ ।

यो बाहेक सिप्रदी सहायताद्वारा विभिन्न स्कूलहरुमा प्रशिक्षण, सरसफाई कार्यक्रम, योग शिविर, स्वास्थ्य शिविर आदि को आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment