Comments Add Comment

संसदीय समितिको सन्देशले सर्‍यो डा. केसीको अनसन !

१० मंसिरमा पत्रकार सम्मेलन गरी तीन साताभित्र निर्मला पन्तको हत्यारा पत्ता नलागे अनसन बस्ने घोषणा गर्दै गर्दा डा. गोविन्द केसीले भनेका थिए, ‘मैले पहिल्यै बोल्नुपर्थ्यो, ढिलो भयो ।’

डा. केसीका अरु माग पनि थिए । न निर्मला पन्तका हत्यारा पक्राउ परेका छन्, न अरु माग नै सम्बोधन भएको छ । तर, डा. केसीले सोमबार आफ्नो अनसन १५ दिनलाई सारेका छन् । आफ्ना माग पुरा नभए पुस १७ गतेदेखि सत्याग्रहसहित आन्दोलन सुरु गर्ने उनले बताएका छन् ।

समितिको सन्देशले सर्‍यो अनसन !

डा. केसीले अनसन सारेको घोषणा गर्नुअघि संसदको शिक्षा तथा स्वास्थ्य समितिमा चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउन गठित उपसमितिको बैठक भने एक साताका लागि स्थगित भएको छ ।

कांग्रेसको महासमिति बैठक र नेकपाको स्थायी कमिटी लगायतका कारण ९ गते मात्र अर्को बैठक बस्ने सहमति भएको छ । यसअघि उपसमितिले सोमबार नै विधेयकमाथि दफावार छलफल सकाएर मूल समितिमा पेस गर्ने बताएको थियो । त्यही तयारी अनुसार बोलाइएको बैठकमा संयोजक भैरवबहादुर सिंहसहित ५ जना सदस्य उपस्थित थिए । उपसमिति १० सदस्यीय छ ।

उपसमितिले बैठकमा शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र कानूनन्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाल बोलाएको थियो । तर, शिक्षा मन्त्री पोखरेल मात्रै बैठकमा उपस्थित भए । छलफलमा सांसदहरुले समितिले ठोस निर्णय गर्नुपर्ने, नभए डा. केसीको अर्को अनसनको सामना सरकारले गर्नुपर्ने भन्दै मन्त्री पोखरेलसामू प्रश्न तेर्साए ।

कांग्रेस सांसद गगन थापा र नेकपाका खगराज अधिकारीले सीटीईभीटीका सन्दर्भमा मन्त्रीको फरक मतको समय सकिएको भन्दै डा. केसीसँग भएको सम्झौता मान्ने नमान्ने प्रष्ट पार्न आग्रह गरे ।

जवाफमा मन्त्री पोखरेलले सरकार डा. केसीसँग गरेको सम्झौताअनुसार विधेयक संशोधन गर्न तयार रहेको बताए । ‘हामी डा. केसीसँग भएको सम्झौताअनुसार जान तयार छौं’, उनले अगाडि भने ।

मन्त्रीको प्रतिवद्धतापछि समितिले सकारात्मक निर्णय गर्छौ भन्ने सन्देश पठायो । लगतै केसी केसीले भोलि मंगलबारदेखि बस्ने भनिएको अनसन दुई हप्ताका लागि सरेको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment