Comments Add Comment

मार्सियल २०२० सम्म म्यान्चेस्टर युनाइटेडमा रहने

३ पुस, काठमाडौं । फ्रान्सका फरवार्ड एन्थोनी मार्सियल सन् २०२० सम्म इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड मै रहने भएका छन् ।

म्यानचेस्टर युनाइटेड र मार्सियलबीच एक वर्ष सम्झौता थप्ने सहमति भएको हो । सम्झौता नवीकरणसँगै अब मार्सियल थप एक वर्ष म्यान्चेस्टर युनाइटेडबाट खेल्ने भएका हुन् ।

सन् २०१५ मा मोनाकोबाट युनाइटेड आएका २३ वर्षीय फरवार्ड मार्सियलको यसै सिजनको अन्तिममा सम्झौता सकिने थियो । मार्सियलले यस सिजन युनाइटेडबाट १९ खेल खेल्दा ८ गोल गरेका छन् ।

युनाइटेडले मार्सियलसँग लामो समयसम्मको लागि सम्झौता गर्न चाहेको थियो । तर मार्सियलले भने युनाइटेडसँग थप एक वर्षे नयाँ सम्झौता मात्र गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment