Comments Add Comment

ए डिभिजन लिगः अपराजित मनाङलाई च्यासलले रोक्ला ?

३ पुस, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा लिग लिडर मनाङ मर्स्याङ्दी क्लबले आज च्यासल युथ क्लबसँग प्रतिस्पर्धा गर्दै छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज साढे २ बजे सुरु हुने खेलमा लिगको शीर्ष स्थानमा रहेको मनाङले च्यासलसँग खेल्न लागेको हो । दुवै टिम जितको खोजीमा हुनेछन् ।

आठौं खेलसम्म आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको मनाङले च्यासललाई पनि पराजित गर्दै उपाधि होडलाई अझ मजबुत बनाउने लक्ष्यमा छ । च्यासल पनि मनाङलाई रोक्ने लक्ष्यमा रहेको छ ।

लिगको शीर्ष स्थानमा रहेको मनाङको आठ खेलबाट २४ अंक छ । च्यासल भने आठ खेलबाट १३ अंकसहित लिगको सातौं स्थानमा छ ।

आजै हुने पहिलो खेलमा विभागीय क्लब एपीएफ क्लबले मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment