Comments Add Comment

एनआरएनए तेस्रो अफ्रिका बैठकको तयारी पूरा

कम्पाला (युगान्डा) । गैरआवासीय नेपाली संघ (एनआरएनए)को तेस्रो अफ्रिका क्षेत्रीय बैठकको सबै तयारी पूरा भएको छ । तेस्रो अफ्रिका क्षेत्रीय बैठक युगान्डाको राजधानी कम्पालामा २९ र ३० डिसेम्बरमा हुँदैछ ।

आयोजक एनआरएनए युगान्डाका अध्यक्ष राजमणि भण्डारीका अनुसार बैठक कम्पाला सहरको आकासिया मलमा रहेको सभाकक्षमा हुनेछ । सहभागीहरुलाई इम्पेरियल होटेलमा बस्ने व्यवस्था मिलाइएको छ ।

बैठकको उदघाटन समारोहमा युगान्डा सरकारका तर्फबाट मन्त्रीको प्रतिनिधित्व हुने छ । बन्द सत्रमा समेत युगान्डा सरकार र निजी  क्षेत्रका प्रतिनिधिबाट युगान्डाको आर्थिक बिकास तथा नेपालसँग साझेदारीका सम्भावनाबारे कार्यपत्र प्रस्तुत हुने अध्यक्ष भण्डारीले जानकारी दिए ।

गैरआवासीय नेपाली बिज्ञहरुले अफ्रिकाका ठूला बिकास निर्माणका परियोजनाबारे आफ्ना अनुभव समेत बैठकमा प्रस्तुत गर्नेछन् । ‘नेपालमा प्रविधि, लगानीका साझेदारी र अनुभव साट्न सकिने विषय माथी छलफल हुनेछ,’ अध्यक्ष भण्डारीले भने ।

त्यसैगरी अफ्रिकामा नेपाली कामदारहरुले भोग्नु परेका समस्या, श्रम स्वीकृति र पासपोर्ट नवीकरण, दलालहरुले ट्रान्जिटमा अफ्रिका पुर्‍याइने नेपाली र मुजुराका लागि लैजाने नेपाली चेलीबेटीका बारेमा समेत गहन छलफल हुने कार्यक्रम रहेको एनआरएनए युगान्डाका पूर्वअध्यक्ष रमेश कंडेलले बताए ।

बैठकमा कायरोस्थित नेपाली दूतावासका राजदूत झबिन्द्र अर्याल, संघका अन्तराष्ट्रिय समिति अध्यक्ष लगाएत पदाधिकारीहरुको उपस्थिति रहने जानकारी संघका पूर्वआईसीसी सदस्य जीबनाथ पंगेनीले जानकारी दिए ।

मूल कार्यक्रमबाहेक नेपाली, युगान्डीयन र अफ्रिकन सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत हुने छ । बैठकमा नेपाली साहित्य गोष्ठी पनि आयोजना गरिने छ ।

बैठकको इभेन्ट पार्टनर रुपालिया ग्रुप युगान्डा र आइडिया फोर नेपाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment