Comments Add Comment

नेपालका आईटी इन्जिनियरलाई जापान लैजाने सम्झौता

३ पुस, काठमाडौं । ओसाकास्थित हिबिकु कम्पनी र त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौं इन्जिनियरिङ कलेजबीच नेपालीहरुलाई जापानका आईटी कम्पनीहरूमा काम गर्न लैजाने सम्झौता भएको छ । आईजीसी टेक्नोलोजीको सक्रियतामा भएको यो सम्झौतासँगै नेपालका आईटी इन्जिनियरहरुले जापानमा पनि आफ्नो क्षमता प्रदर्शन गर्न पाउने भएका छन् ।

सम्झौताअनुसार आईजीसी टेक्नोलोजीले हिबिकु कम्पनी लिमिटेडसँगको सहकार्यमा काठमाडौं इन्जिनियरिङ कलेजमा अध्ययनरत जापान जान चाहने विद्यार्थीलाई एक वर्ष जापानिज भाषा सिकाउने छ । र, वार्षिक एक सय जना विद्यार्थीहरुलाई हिबुकी कम्पनीले हाईस्किल भिसामा जापान लिएर जाने सहमति भएको आईजीसी टेक्नोलोजीका अध्यक्ष गणेशमान लामाले जानकारी दिए ।

जापानमा सिस्टम डेभलपमेन्ट गर्ने आईटी इन्जिनियरहरुको अभाव छ । त्यसैले उसले भियतनामलगायतका देशहरुबाट आईटी इन्जिनियरहरु भित्राउने गरेको छ ।

हिबिकु कम्पनीका अध्यक्ष यामानो शिनिचिइरोले जापानमा अहिले आईटी इन्जिनियर र सफ्टवेयर डेभलपरहरूको माग करिव चार लाख रहेको बताए । उनले नेपालका आईटी इन्जिनियरहरू अब सहयोगी हुने विश्वास व्यक्त गरे । नेपालमा आईजीसी टेक्नोलोजीसँगको सहकार्यमा जापानका सफटवेरहरू नेपालमा बनाउने काम समेत शुरु गरिएको जानकारी उनले दिए ।

आइजीसी टेक्नोलोजीका अध्यक्ष गणेशमान लामाका अनुसार जापानमा अहिले हाइस्किल वर्करहरूको आवश्यक्ता रहेकाले नेपाली आइटी इन्जिनियरहरूलाई यो सुनौलो अवसर भएको बताए । तर, जापनिज भाषा अनिवार्य भएकाले आईजीसीले जापान जान चाहने विद्यार्थीहरुलाई निःशुल्क जापनिज भाषा पढाइदिने र सेलेक्टेड भएका आईटी इन्जिनियरहरूलाई इन्टर्नसीपको सुविधा दिने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment