Comments Add Comment

नेकपा कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा शाही चयन

३ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कर्णाली प्रदेश संसदीय दलको नेतामा महेन्द्रबहादुर शाही चयन भएका छन् ।

सोमबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीसमेत रहेका शाहीलाई दलको नेता चयन गरेको हो ।

नेकपा कर्णाली प्रदेशका सह-इञ्चार्ज यामलाल कंडेलले दलको नेतामा मुख्यमन्त्री शाहीलाई प्रस्ताव गरेपछि सबैले सहमति जनाएका थिए ।

संसदीय दलको नेता चयन नहुँदा यसअघिका बैठकमा जेष्ठ सदस्यले अध्यक्षता गर्दै आएका थिए ।

यस्तै, सोमबार बसेको बैठकले संसदीय दलको विधानसमेत पारित गरेको छ ।

नेकपाले संसदीय दलको प्रमुख सचेतकको चयन भने अर्को बैठकमा गरिने नेकपा कर्णाली प्रदेशले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment