Comments Add Comment

गिरीको निधनले दुःखी छुः प्रधानमन्त्री

३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको निधनले आफूलाई दुःख लागेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार सामाजिक सञ्जाल टि्वटरमा लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री तुलसी गिरीको निधन भएको खबरले मलाई दुःख लागेको छ । यस घडीमा स्वर्गीय गिरीप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समेवेदना व्यक्त गर्दछु ।’

गिरीको ९३ वर्षको उमेरमा मंगलबार विहान बुढानीलकण्ठस्थित निवासमा निधन भएको हो । उनको पार्थिव शरीर अन्तिम श्रदाञ्जलीका लागि निवासमै राखिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment