Comments Add Comment

फेसबुकमा साइबर आक्रमण, ६८ लाख प्रयोगकर्ताका निजी तस्वीर असुरक्षित

पछिल्लो समय एकपछि अर्को गर्दै विवादमा फसिरहेको सोसल मिडिया प्लेटफर्म फेसबुकको सुरक्षा संकट झनै गहिरिएको छ ।

पछिल्लोपटक फेसबुकमा भाइरस आक्रमण भएको र त्यसका कारण ६८ लाख प्रयोगकर्ताका तस्वीरहरु असुरक्षित बनेको बताइएको छ ।

फोटो बगले थर्ड पार्टी एपको सहयोगमा प्रयोगकर्ताले अपलोड गरेका तर पोष्ट नगरेका तस्वीरहरु एक्सपोज गरिदिएको छ ।

फेसबुकका अनुसार सोसल मिडियामा दुई हप्तासम्म यस्तो बग देखा परेको हो । सेप्टेम्बर १३ मा फेसबुकमा छिरेको उक्त भाइरस सेप्टेम्बर २५ सम्म रहेको थियो । उक्त एपीआई बगले थर्ड पार्टी एपहरुलाई प्रयोगकर्ताका फोटोमा पहुँच उपलब्ध गराइदिएको छ ।

प्रयोगकर्ताले आफ्नो फेसबुक फोटोमाथि बगको आक्रमण भए–नभएको भनेर जाँच गर्न सक्दछन् । फेसबुकले एउटा पेजको सिर्जना गरेको छ, जहाँ गएर प्रयोगकर्ताले आफ्नो फोटो एक्स्पोज भए नभएको पत्ता लगाउन सक्दछन् ।

यसका लागि प्रयोगकर्ताले फेसबुकको यो पेजमा गएर आफ्नो अकाउन्ट डिटेल दिनुपर्दछ ।

त्यहाँ गएर लगइन क्लिक गरी आफ्नो इमेल आइडी र पासवर्ड हाल्नु पर्दछ । त्यसपछि आफ्नो फेसबुकका फोटोमाथि बगको आक्रमण भए नभएको पत्ता लगाउन सकिन्छ । पेजको तल्लोपट्टि रहेको बक्सले फेसबुक अकाउन्ट प्रभावित भए नभएको बताउँदछन ।

भाइरस आक्रमण नभएको अकाउन्टमा यस्तो सन्देश देखा पर्दछः Your Facebook account has not been affected by this issue and the apps you use did not have access to your other photos .

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment