Comments Add Comment

पूर्वप्रधानमन्त्री तुलसी गिरीको अन्त्येष्टि भोलि

३ पुस, काठमाडौं । मंगलबार निधन भएका पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको अन्त्येष्टि भोलि (बुधबार) मात्रै गरिने भएको छ ।

पारिवारिक स्रोतले दिएको जानकारी अनुसार, भोलि दिउँसो ३ बजे पशुपतिको शवदाह गृहमा उनको अन्त्यष्टि गरिने तय भएको छ ।  निधनअघि गिरीले विद्युतीय शवदाह गृहमा दाहसंस्कार गर्न भनेकाले त्यही अनुरुप गर्न लागिएको हो ।

गिरीको पार्थिव शरीरलाई अहिले उनकै बूढानीलकण्ठस्थित निवासमा राखिएको छ । गिरीप्रति अन्तिम श्रद्धाञ्जली दिन विभिन्न व्यक्तिहरु उनको निवासमा पुगेका छन् ।

हेर्नुहोस् तस्वीरहरु

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment