Comments Add Comment

यी हुन् दुनियाँकै महंगा चित्रकला (फोटोफिचर)

वास्तवमा कलाकार प्रशंसा र चर्चाका भोका हुँदैनन् । तर कतिपय कलाकृति यति लोकप्रिय हुन्छन् कि त्यसले कलाकार र उनीहरुका कलालाई अजर अमर बनाउँदछन् । कतिपय कलाकृतिहरु अमूल्य हुन्छन्, ऐतिहासिक हुन्छन् । विश्वको इतिहासमा कतिपय कलाकृतिहरु यस्ता छन्, जसको मूल्य निकै नै उच्च छ । यी हुन् दुनियाँका सबैभन्दा महँगा चित्रहरुः

१. साल्भाटोर मुन्डी: चर्चित कलाकार लियोनार्दो दा भिन्चीले बनाएको चित्र अहिलेसम्म विश्वको सबैभन्दा महंगो कलाकृति हो । यो चित्रकला ४५ करोड ३ लाख डलरमा बिकेको थियो ।

२. इन्टरचेन्ज: विलेम डी कुनिंग्ले तयार पारेको चित्र विश्वमा अहिलेसम्मको दोश्रो महंगो चित्रकला हो । यो कलाकृति ३० करोड डलरमा बिकेको थियो ।

३. दी कार्ड प्लेयर्स: दुईजना जुवाडेको तैलचित्र कलाकार पाउल सेजेनले सन् १८९५ मा बनाएका थिए, जुन २५ करोड डलरमा बिकेको थियो ।

४. नाफिया फा इपोइपो: पाउल गाउगुइनले सन् १८९२ मा बनाएको चित्र २१० मिलियन डलरमा बिकेको थियो ।

५. नम्बर १७ ए: ज्याक्सन ब्लकले बनाएको तस्वीर २० करोड डलरमा बिकेको छ ।

६. वैजनी, हरियो र रातो: यो बहुरंगी क्यानभास चित्र मार्क रोथकोले बनाएका हुन् । जुन १८ करोड ६० लाख डलरमा बिकेको थियो ।

यी बाहेक अन्य चर्चित कलाकृतिहरु यस्ता छन्ः

· सन् १९०५ मा पाब्लो पिकासोले बनाएको Garçon à la Pipe   शीर्षकको तैलचित्र सन् २००४ मा लिलामी भएको थियो । उक्त लिलामीमा पिसाकोका त्यो ऐतिहासिक चित्र १० करोड ४० लाख डलरमा बिकेको थियो ।

· पिएरे अगस्टे रेनोइरले सन् १८७६ मा बनाएको एउटा भिडको दृश्य अंकित चित्रकला सन् १९९० मा लिलामी भयो । उक्त कलाकृति एक जापानी उद्योगपतिले ७ करोड ८० लाख डलरमा किनेका थिए ।

· कलाकार भिन्सेन्ट वान गगले सन् १८९० मा बनाएको एक डाक्टरको चित्रकला ८ करोड २५ लाख डलरमा बिकेको थियो । गिलाससँगै एउटा फ्लाट टोपीमा टेबलमा बसिरहेको एक डाक्टरको त्यो चित्र सन् १९९० मा लिलामी भएको थियो ।

· गुस्ताव क्लिन्टले सन् १९०७ मा बनाएको उक्त चित्र अष्ट्रियाको राजधानी भियनाको स्वतन्त्रता आन्दोलनको सबैभन्दा प्रसिद्ध चित्रमध्येको एक हो । सन् २००६ मा न्युयोर्कमा यो चित्र १३ करोड ५० लाख डलरमा बिकेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment