Comments Add Comment

अम्बानीको बिहेमा किन अमिताभदेखि ऐश्वर्यासम्मले खाना पस्किए ?

बलिउडलाई यसपाली विवाहको उत्सवले रंगीन बनाइरहेको छ । कहिले दीपिका र रणवीरको त कहिले प्रियंका र निक जोनसको । त्यसो त भारतिय अर्वपति मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको विवाहले पनि बलिउडलाई फुर्सद दिएन । बलिउड स्टार्ससँग निकट रहेकी ईशाको विवाहमा बलिउड स्टार्सको ठूलो मेला नै लाग्यो । घतलाग्दो त के भने, ईशाको विवाहमा बलिउड स्टार्सले खाना पस्कदै गरेको देखियो । यो लहरमा अमिताभ बच्चन, आमिर खान, अभिषेक बच्चन, शाहरुख खान, ऐश्वर्य राय आदि उभिएका थिए । उनीहरुले भारतकै सवैभन्दा ठूला उद्योगपति मुकेशकी छोरीको विहे–भोजमा किन खाना पस्किए ?

जबकी यो दृश्य उनीहरुका प्रशंसकलाई पाच्य भएन । प्रशंसकले यसको खुब धज्जी उडाए, सोसल मिडियामा । यसैबीच अभिषेक बच्चनले मुख थुनेर बस्न सकेनन् । उनले शोसल मिडियाबाट नै जवाफ फर्काएका छन् ।

अभिषेकले भने, यो संस्कार हो

खासमा सोशल मिडियामा अभिषेकसँग एक प्रशंसकले सोधेका छन् कि, ईशा अम्बानीको विवाहमा आमिर खान, अमिताभ बच्चनले किन खाना पस्किएका हुन् ? अभिषेकले जवाफमा भनेका छन्, यो गुजराती संस्कार हो । यसमा केटी पक्षका पाहुनाले केटा पक्षका पाहुनालाई आफ्नो हातले खाना पस्कने गर्छन् ।

अभिषेकले ट्वीट गर्दै लेखेका छन्, ‘एक सज्जन घोट नामको परम्परा हुन्छ, जसमा दुलही पक्षका परिवारले दुलहा पक्षका घरवालालाई खाना ख्वाउँछन् ।’अभिषेकले दिएको जवाफ आफ्नो ठाउँमा ठिक होला । तर, अर्को प्रश्न पनि आउँछ कि, अम्बानीको घर–परिवारलाई बलिउडले किन आफ्नो घर जस्तै मान्छन् ? अम्बानीको विवाह भोजमा बलिउड स्टार्स दुलहीको पक्षबाट उपस्थित भए ।

ईशा अम्बानीको विवाह १२ डिसेम्बरमा मुम्बईमा भएको थियो । मुकेश अम्बानीकै घर एन्टेलियामा । यस विवाहअघि उदयपुरमा प्रि–वेडिङ समारोह आयोजना गरिएको थियो, जसमा अम्बानीका परिवार, निकट मित्र सामेल थिए । प्रि वेडिङमा बलिउड स्टार्सका साथै अमेरिकी गायक वियोन्से पनि आफ्नो प्रस्तुतीका लागि आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment