Comments Add Comment

सर्वोच्चको फैसला कार्यान्वयन कार्यालयमा आगलागी

३ पुस, काठमाडौं । सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसरभित्र रहेको एक भवनमा मंगलबार बिहान आगलागी भएको छ ।

सिंहदरबारको दक्षिणतर्फ रहेको सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसरस्थित पहिले जिल्ला अदालत रहेको पुरानो भवनमा आगलागी भएको हो ।

विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । भवन पुरानो र जीर्ण भएकाले प्रयोगमा आएको थिएन । भवनको भुईतलामा भएको आगलागी नियन्त्रणमा आएको आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment