Comments Add Comment

भूकम्पपीडितको छाप्रोमा आगलागी, वृद्धको मृत्यु

३ पुस, चरिकोट । दोलखा बिगु गाउँपालिकामा गए राति आगलागी हुँदा त्यसमा परेर एक वृद्धको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बिगु गाउँपालिका–८ थामीचागुका ७५ वर्षीय बलबहादुर थामी रहेको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

भूकम्पपछि सरकारी मापदण्डअनुसारको पक्की आवास निर्माण गरिरहेका थामी त्रिपालको टेन्टमुनि बस्दै आएका थिए । दोलखामा केही दिनदेखि चिसो बढेसँगै त्रिपालको टेन्टमा आगो तापेर सुतेका थामीको अस्थायी टहरामा आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेलुका खाना खाएर सुतेको समयमा करीब १० बजे राती आगलागी भएको थियो । स्थानीयवासीको सहयोगमा राति १२ बजे आगो नियन्त्रणमा आए पनि कटेज पूर्णरुपमा जलेर नष्ट भएको प्रहरी निरीक्षक काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment