Comments Add Comment

कांग्रेस महासमिति बैठक लम्बिने

३ पुस, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक अझै केही दिन लम्बिने भएको छ ।

विधान संशोधनबारे शीर्ष तहमा सहमति जुट्न नसकेपछि महासमिति बैठकमा प्रभावकारी छलफल हुन सकेको छैन । मंगलबार पनि बैठक नै सुरु हुन सकेको थिएन ।

महासमिति सदस्यहरुबीच विधान संशोधनबारे छलफल नै नगराउने वा अन्तिम समयमा प्रस्ताव ल्याएर हतारमा पास गराउने आशंका चर्चामा थियो । किनभने केही दिनदेखि चलिरहेको सहमति प्रयास अझै सफल भएको छैन ।

त्यही बेला पार्टी सभापति शेरबहादुर देउवाले बैठक स्थगितको सूचना दिन खोज्दा नाराबाजी भइएको छ । उनले प्रयोग गरेको माइकमा आवाज थिएन भने हलबाट चर्को हुटिङ भएको थियो ।

तर, पार्टी नेतृत्व र जिल्ला सभापतिहरुबीच भएको वार्तामा बैठक केही दिन लम्ब्याउने सहमति भएको छ । काभ्रे जिल्ला सभापति मधु आचार्यका अनुसार शीर्ष तहमा सहमति जुटाएर विधान संशोधन प्रस्ताव ल्याउने र त्यसमा पर्याप्त छलफल गराउन पार्टी नेतृत्व सहमत भएको छ । यसका लागि महासमिति बैठकको समय आवश्यकताअनुसार थप गर्ने सहमति भएको छ ।

अब सहमतिको प्रयाससँगै महासमितिमा प्रस्तुत प्रतिवेदनमाथि छलफल जारी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment