Comments Add Comment

मोनोरेलको डीपीआर बनाउन चिनियाँ कम्पनीसँग बुधबार सम्झौता

३ पुस, काठमाडौं । काठमाडौं महानगरपालिका र ललिपुर महानगरपालकाले मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न चिनियाँ कम्पनीसँग सम्झौता गर्ने भएका छन् ।

चाइना रेलवे २५औं ब्युरो ग्रुप कम्पनी लिमिटेड (सीआरसीसी)लाई डीपीआरतयार पार्ने जिम्मा दिन लागिएको हो । बुधबार राष्ट्रिय सभागृहमा महानगरपालिका र कम्पनी बीच सम्झौता पत्रमा हस्ताक्षर हुनेछ ।

चक्रपथमा मोनोरेल निर्माणका लागि एक खर्ब १६ अर्ब लागत लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ । सीआरसीसीले मोनोरेल निर्माणका लागि लागि काठमाडौं महानगर र ललितपुर महानगरसँग सम्झौता गरेको थियो । सीआरसीसी चीन सरकारको स्वामित्व रहेको कम्पनी हो ।

मोनोरेल सञ्चालनका लागि भौगोलिक वातावरण समेत सबै प्रकारले उपयुक्त हुने चिनियाँ कम्पनीको दावी छ । प्ररम्भिक प्रतिवेदन अनुसार आयोजनाको डीपीआर निर्माणको लागि ६ महिना लाग्छ र त्यसको ३ वर्षपछि मोनोरेल बनाइसकिन्छ ।

चक्रपथको सडकमाथिको कुल २७ दशमलब ५ किलोमिटरमा २१ स्थानमा यात्रु चढाउने र ओराल्ने स्टेशन रहने गरी मोनोरेल निर्माण गर्न सकिने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । जसअनुसार मोनोरेलको स्टेशन कोटेश्वर-कलंकी, कलंकी-महाराजगञ्ज, महाराजगञ्ज-कोटेश्वर गरी तीन खण्डमा हुनेछ ।

चक्रपथमा र्इपीसीएफ मोडलबाट सञ्चालन हुने भनिएको मोनोरेल दुई वा पाँच वर्ष सम्पूर्ण प्राविधिक सेवासहित सञ्चालन निर्माण कम्पनीले नै गर्ने प्रस्ताव छ । उक्त अवधिमा काठमाडौं र ललितपुर महानगरपालिकाले सीआरसीसीलाई वाषिर्क रुपमा स्म्झौता अनुसारको रकम बुझाउनेछन् ।

काठमाडौं महानगरका प्रमुख शाक्यले स्थानीय तहको चुनावताका नै चक्रपथमा मोनोरेल निर्माण गर्ने महत्वकांक्षी योजना अघि सारेका थिए ।

निर्वाचित भएको डेढ वर्षपछि बल्ल डीपीआर बनाउन सम्झौता हुादैछ । तर अध्ययनले देखाएको लागत महानगरले धान्न सक्ने अवस्था छैन । मेयर शाक्यले संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासमा मात्रै रेल चलाउन सकिने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment