Comments Add Comment

काठमाडौंलाई हराउँदै ललितपुर ईपीएलको फाइनलमा

३ पुस, काठमाडौं । ललितपुर प्याट्रिएटस एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनल प्रवेश गरेको छ ।

मंगलबार भएको क्वालिफायर राउण्डमा काठमाडौं किंग्स इलाभेनलाई एक विकेटले पराजित गर्दै ललितपुर फाइनलमा पुगेको हो । १०९ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

ललितपुरको जितमा योगेन्द्रसिंह कार्कीले अविजित २८ रन बनाए । अन्तिम ओभरमा आठ रन लिदै उनले ललितपुरलाई खेल जिताएका हुन् । त्यस्तै, कुशल भुर्तेलले २९, कप्तान ज्ञानेन्द्र मल्लले २१ र पवन सर्राफले १९ रन बनाए ।

बलिङतर्फ भने काठमाडौंका प्रदीप साहुले तीन विकेट लिए ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभर सकिन एक बल बाँकी छदा सबै विकेटको क्षतिमा १०८ रन मात्रै बनाएको थियो ।

काठमाडौंका लागि कप्तान रोहन मुस्तफाले ३२ रन बनाएका थिए । उनले २० बलमा तीन चौका र दुई छक्का प्रहार गरेका थिए । काठमाडौंका लागि सागर पुनले २९ रन बनाए । उनले ३० बलमा एक चौका र एक छक्का प्रहार गरे । त्यस्तै, सिद्धान्त लोहनीले १६ रन बनाए ।

काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा ललितपुरका पवन सर्राफले तीन विकेट लिए । उनले चार ओभर बलिङ गर्दै १३ रन खर्चेर तीन विकेट लिएका थिए । त्यस्तै, योगेन्द्रसिंह कार्कीले पनि तीन विकेट लिए । सन्नी पटेलले पनि दुई विकेट लिन सफल भए ।

काठमाडौंले अब फाइनल प्रवेशका लागि इलिमिनेटर राउण्डको विजेतासँग प्रतिस्पर्धा गर्ने छ । इलिमिनेटरमा भने भैरहवा ग्लाटिएटर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुने भएको हो । यो खेल बुधबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment