Comments Add Comment

बुबाआमाको उमेर बढाएर वृद्धभत्ता लिने कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

३ पुस, काठमाडौं । आफ्नो बुवा र आमाको उमेर बढाएर जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता लिने सिरहाको साविक सामपुरविर्ता गाविसका प्राविधिक सहायक प्रदीप ठाकुरविरुद्ध अख्तियार दुरुपयेग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बुबा र आमाको उमेर बढाएर ४-५ वर्षदेखि भत्ता बुझ्दै आएको र मृतक व्यक्तिको समेत भत्ता निकासा गरी आफै खाई मासेको आरोपमा अख्तियारले ९ लाख ६२ हजार ९ सय १४ रुपैयाँ भ्रष्टाचार गरेको दावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा ५४६ वटा भरपाईमा आफैले औंठाछाप लगाई ९ लाख ६४ हजार ४ सय १४ रुपैयाँ लिएको अख्तियारको दावी छ ।

अख्तियारले सोही कार्यालयका कार्यालय सहयोगी राजकुमार महराले ६६ वटा भरपाईमा आफैले औठाछाप लगाई १ लाख २२ हजार रुपैयाँ लिएको दावीसहित उनीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्राविधिक सहायक ठाकुरविरुद्ध ९ लाख ६४ हजार ४ सय १४ रुपैयाँ विगो माग दावी गरिएको छ । त्यस्तै कार्यालय सहयोगी राजकुमारविरुद्ध १ लाख २२ हजार विगो माग दावी गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment