Comments Add Comment

पुस ५ गतेदेखि दशौं गोरखा महोत्सव

३ पुस, गोरखा । दशौं गोरखा महोत्सव पुस ५ गतेदेखि सुरु हुदैछ । महोत्सवका लागि सदरमुकामको हरमटारी खेलमैदानमा स्टल निर्माणसँगै वाल उद्यानलगायतका सबै सामानहरु जडान गरिसकिएको आयोजक गोरखा उद्योग बाणिज्य संघले जनाएको छ ।

पर्यटक प्रबर्द्धनसँगै जिल्लाको परिचय आन्तरिक तथा बाह्य क्षेत्रमा पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको संघका अध्यक्ष एवं महोत्सव संयोजक जीवनज्योति श्रेष्ठले बताए । महोत्सवको मुख्य आकर्षकको रुपमा म्यान अफ द गोरखा दौड प्रतियोगिता, गाउँपालिका तथा नगरपालिका स्तरीय खेलकुद तथा सांस्कृतिक कार्यक्रम, कुस्ती प्रदर्शनी, खाना महोत्सव, हास्य व्यंग्य प्रस्तुतिसँगै विभिन्न साँस्कृतिक कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

‘महोत्सवको विहान ११ बजे पुर्व राष्ट्रपति रामवरण यादवले उद्घाटन गर्ने कार्यक्रम छ,’ संघका अध्यक्ष श्रेष्ठले भने, ‘त्यसअघि विहान साढे सात बजे दौड प्रतियोगिता हुनेछ ।’ पस्लाङ चौताराबाट शुरु हुने दौड बसपार्क हुदै गोरखा दरबार पुगेर टुङ्गिने उनले बताए ।

महोत्सवमा पर्यटन, व्यवसाय र इतिहासमा उल्लेख्य काम गरेका व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको श्रेष्ठले भनाइ छ । एकै वर्षमा दुई वटा हिमाल आरोहण गर्ने गोरखाकी पूर्णिमा श्रेष्ठलाई साहसिक महिलाको रुपमा सम्मान गरिने आयोजकले बताएको छ ।

‘कला संस्कृति र इतिहासमा योगदान पुर्‍याउने प्रा.डा. दिनेशराज पन्त, व्यवसायिक क्षेत्रबाट गोरखा आयुर्वेदिक कम्पनी र पर्यटनको क्षेत्रमा मनास्लु संरक्षण क्षेत्र (एमक्याप) लाई सम्मान गर्ने निर्णय भएको छ’ श्रेष्ठले भने । १४ गतेसम्म चल्ने महोत्सवमा कृषिजन्य वस्तु तथा जडिवुटी, सूचना प्रविधि, हस्तकलाको सामाग्री प्रदर्शनीसमेत रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment